साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहरिया

प्रेमदासको कुरा सुनेर मलाई जङ चल्यो। जुरुक्क उठेँ- "आफ्नो सहरलाई सभ्य र विकसित पार्ने कामको विरोध गर्ने कस्तो मान्छे हो तपाईं ?" भन्दै म घरतिर लम्केँ ।

Nepal Telecom ad

सीताराम नेपाल :

-“यो सहर हो । म यही सहरमा बस्छु। यहाँ मान्छेको भीड लागेको हुन्छ। म बाहिर निस्कनासाथ हराउछु। जङ्गलमा होइन भीडमा । मान्छेको बगाल छ । तर अपरिचित। जङ्गली जनावर भन्दा कम खतर्नाक छैनन् सहरका मानिसहरू ……।”
प्रेमदास सहरिया भएर पनि सहरियाको बदख्वाइँ गरिरहेको थियो। ऊ अघि बढ्यो –
“तपाईंलाई पत्यार लागेन?”
मैले हो भन्ने सङ्केत गरेपछि उसले कुरा तन्कायो
-“त्यसोभए तपाईं पक्का सहरिया हुनुहुन्छ। लौ एउटा ताजा उदाहरण सुन्नुहोस् ।
-पुस्तौंदेखि नेपालमा जन्मेका नेपाली। प्राकृतिक विपत्तिमा परेर धनसम्पत्ति गुमाएर ज्यान जोगाउन पैत्रिक थातथलो छाड्न विवश। सरकारको अकर्मण्यताले गर्दा नदी किनारमा टिनको छाप्रो हालेर बर्षौदेखि बसोबास गरी हामी सहरियाहरूको आडमा जिविकोपार्जन गर्नेहरूलाई राज्यले उठिबास लगाइएको भर्खरै हो ।”

-“ह्या त्यो त सरकारले ठिकै गरेको हो नि! पहिल्यै गरिसक्नुपर्ने काम नयाँ सरकारले गरेको! तिनीहरू हाम्रो सहरलाई कुरुप बनाउने सुकुम्बासी हुन् । …..”
मैले उसको कुराको विपक्षमा बोलेपछि प्रेमदास गम्भीर भएर भन्यो –
“हो सुकुम्बासी बस्तीमा हुकुम्बासीको हालीमुहाली थियो। त्यस्ता हुकुम्बासीलाई छानेर कार्वाही गरी निकाल्नुपर्नेमा त्यही निहुँमा सुकुम्बासीको बास उजाडियो। बेहाल पारियो।

हामी सहरियाहरूले सस्तो कामदार प्रति राज्यको त्यस्तो अमानवीय व्यवहारलाई ताली बजाएर समर्थन गर्यौं । कतिपयले त भरपुर मनोरञ्जन पनि लिए । खुचिङ बजाए …..”

प्रेमदासको कुरा सुनेर मलाई जङ चल्यो। जुरुक्क उठेँ- “आफ्नो सहरलाई सभ्य र विकसित पार्ने कामको विरोध गर्ने कस्तो मान्छे हो तपाईं ?” भन्दै म घरतिर लम्केँ ।

-“मेरो सहरलाई बिद्रूप पार्ने फोहोरी सुकुम्बासीलाई हटाइ हालियो। अब हामी पनि विकसित मुलुकका सहरिया झैँ हुनेछौँ। …”

म आफ्नो सहर विकासको अत्याधुनिक मोडेल के होला भन्ने मिठो कल्पना गर्दै घर पुग्दा मेरी बुढीले गनगन गरिन्-“तपाईं त एक्लै आउनु भयो ! कामदार लिएर आउँछु भनेर जानु भएको होइन ? खोइ त ? घरको कामदार आजबाट काममा आउदैन । उनीहरूको बस्ती नै उजाडियो रे भनेकी होइन मैले !?”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अवस्था

अवस्था

सीताराम नेपाल
भीडको न्याय

भीडको न्याय

सीताराम नेपाल
माया

माया

सीताराम नेपाल
ठूलो चोर

ठूलो चोर

सीताराम नेपाल
पाँच हाइकु

पाँच हाइकु

सीताराम नेपाल
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x