सीताराम नेपाल पाँच हाइकु
जाली फटाहा खटालु कार्यकर्ता चुनाब मेला । मन्दमुस्कान पीरब्यथा लुकाइ नेता देखिए ।

१.
स्वार्थ मिलेमा
सिद्धान्त बन्दी पार्ने
कम्युनिस्ट हुन् ।
२.
जाली फटाहा
खटालु कार्यकर्ता
चुनाब मेला ।
३.
मन्दमुस्कान
पीरब्यथा लुकाइ
नेता देखिए ।
४.
स्निग्ध धरामा
पवन गगनमा
सेतो पछ्यौरी ।
५.
वर्षाको झरी
दुःखी आँखाको आँसु
बगेको बग्यै ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































