
कैले भएन हो र ?
आदर्श किन्न सक्छौ स्वाधीनता गुमेको रङ्गीन मद्यप्याला कैले भएन हो र ?

यो देश नाट्यशाला कैले भएन हो र ?
स्वामित्व बन्ध ताला कैले भएन हो र ?
को बाँच्न सक्छ सास्ती खाएर जिन्दगीमा
आफ्ना उचाल्न माला कैले भएन हो र ?
अस्तित्व खोज्न सक्नेले स्वत्व बेच्दछन् हो ?
देवत्व पूज्न पाला कैले भएन हो र ?
के लाग्छ सारथी हो ! स्वास्नी स्वदेश हो कि ?
भोगी नशालु गाला कैले भएन हो र ?
आदर्श किन्न सक्छौ स्वाधीनता गुमेको
रङ्गीन मद्यप्याला कैले भएन हो र ?
आफ्ना लुटेर अर्का पोष्ने नगर्नु जाती
के कर्म नै उज्याला कैले भएन हो र ?
०००
इलाम