साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुल्ने इरादा भए

ईर्ष्या भावविहीनको कुसुम जो पाइन्छ पाखाभरि मान्छे मात्र विचित्रको कहर हो पूर्वाग्रही आसुरी । आमा हुन् अवनी पुजे रहरले श्रद्धासँगै पग्लिए बाँचौँ फूल समान यो प्रकृतिमा फुल्ने इरादा भए ।।

Nepal Telecom ad

नदी भट्टराई :

यो धर्ती अमरावती छ जन हो सोचे नयाँ सृष्टि छ
यै आँखा अझ सत्य हो भुवनमा हेरे नयाँ दृष्टि छ ।
बाधा छैन अनन्त छन् सफर झन् उड्ने कला फेरिए
बाँचौँ फूल समान यो प्रकृतिमा फुल्ने इरादा भए ।।१।।

सिल्पीले सिप बेच्दछन् समयको दिन्नन् गुदी क्यै गरे
पैसाले श्रम किन्छ जो गरिबको किन्दैन सारा भरे ।
बाटो मात्र चिनाउँछन् गुरुहरू खन्ने सही उत्रिए
बाँचौँ फूल समान यो प्रकृतिमा फुल्ने इरादा भए ।।२।।

मान्छे फुन्न परे स्वधर्म नभुलोस् चारैदिशा फैलियोस्
नेता फुल्न परे स्वकर्म नभुलोस् रैतीसँगै हेलियोस् ।
स्रष्टा फुल्न परे विवेक नभुलोस् विद्वान् स्वयम् सम्झिए
बाँचौँ फूल समान यो प्रकृतिमा फुल्ने इरादा भए ।।३।।

मौरीले मह काढ्छ सञ्चय गरी बाँड्दैन सम्वेदना
आगोले जब ताप बाँड्नु छ भने भन्दैन काँचोपना ।
सक्दैनन् जरुवा सुकाउन कहीँ संसार प्यासी भए
बाँचौँ फूल समान यो प्रकृतिमा फुल्ने इरादा भए ।।४।।

फुल्नेले दिल साट्दछन् दिलसँगै सेता उज्याला जति
सेताम्मे हिउँझैँ उदात्त असुरो देखेर रम्छन् कति ।
संसारै धनमोहको छ अखडा स्वार्थी भई खुम्चिए
बाँचौँ फूल समान यो प्रकृतिमा फुल्ने इरादा भए ।।५।।

ईर्ष्या भावविहीनको कुसुम जो पाइन्छ पाखाभरि
मान्छे मात्र विचित्रको कहर हो पूर्वाग्रही आसुरी ।
आमा हुन् अवनी पुजे रहरले श्रद्धासँगै पग्लिए
बाँचौँ फूल समान यो प्रकृतिमा फुल्ने इरादा भए ।।६।।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x