साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतृत्व

भोक, आकाश र आङलाई तिलाञ्जली दिएर कुन ग्रहमा रहरको खेती गरिरहेका छौ ? कुन मार्क्स र लेनिनको अपव्याख्या गरिरहेका छौ ? केवल नेतृत्वको नाममा ।

Nepal Telecom ad

नदी भट्टराई :

कर्तव्य र दायित्व दुवैको केन्द्र हुन् प्रायः सबैका बा
समय र प्रगतिको उत्तम संयोजक हुन् हामी सबैका बा
जस्तोसुकै न्यायसम्पादनको संङ्ख्यालाई
भाग गर्दा पनि शेष नरहने गणित हुन् बा !
तर, अब बाहरूको समय सकिएको हो र सकिनुपर्छ ।
र त गर्व गर्छौँ बाको त्यो क्षमता देखेर हामी
तर आज राष्ट्रिय बाहरूको पतन भएको छ
स्थिरता अनियन्त्रित भई मञ्चन भएको छ
नाटकको पार्थक्य नै छुट्याउन
सकिएको छैन नायक र खलनायकको !
एउटा कुशल नेतृत्वको नाममा
छेपारो हुनुको सीमा कति होलान् ?
बाँदर हुनुको ईर्ष्या र डाह कति होलान् ?
घरबार चलाउन नीतिगत धनीपूर्जा नामसारी हुनुपर्दैन ?
अर्जुन र भीमहरूको विदेश यात्रा अब रोकिनु पर्दैन ?
यद्यपि ऊर्जा, चेतना, सिप र प्रविधिको एक युग
बिडम्बना बनेर यो देशको भकारी भर्न
आफ्नै पसिनासँग अर्थतन्त्र साटिरहेकाहरू कहाँ छन् ?
बाहरूको नातावाद, घुसखोरी, व्यभिचार
र लुटतन्त्रले हरियाली छाउने अवसर पाएको छ !
तीन करोड वीर्यहरूको आत्मा दोहन गरेर
कुन भ्रमको खेतीमा अग्रगमनका वेर्ना उमार्छौ ?
कस्तो किसिमको गया श्राद्ध सपार्छौ ?
कुन पुण्य कमाउन बद्री र केदार घुम्छौ ?
यक्ष प्रश्न हो-बाहरूप्रति !
प्राणी जगत्मा नै उमेर र,चेतना ध्रुवसत्य हुन्
न्याको उपस्थिति हुनु र अङ्क गणना हुनु नै
विकासको उपज हुन्
तर पनि आजकल खोयाको घर र तासको खेलझैँ
सुरक्षा र हारजीत असंभव लाग्छ
सिपले आर्जेको स्वावलम्बीपन
कर्मले तिखारेको स्वाभिमान
आत्मगौरवले अनुभूत गरेको स्वाधीनता
नैसर्गिक अधिकारको स्वतन्त्रतता
ती बाहरूबाट हाम्रा लागि अनुभूतिशून्य हुनु साध्य होइन
विकास र समृद्धिको नाममा
सम्पूर्ण मजदूरहरूको बस्तीमा
कहिलेसम्म आगो लगाउँछौ ?
जनताकै जौ खाएर उसैको जुँगा कहिलेसम्म उखेल्छौ ?
छोडिदेऊ -विज्ञान र प्रविधिका कुरा
छोडिदेऊ-यातायातमा रेल र पानीजहाजका कुरा
छोडिदेऊ-मनोरञ्जन र सुविधाका कुरा
छाडिदेऊ-साहित्य, सङ्गीत, कला र दर्शनका कुरा
बरु निर्वाद उठाऊ भोकका कुरा-
एक आङ वस्त्रको कुरा
र प्रत्येक देहले देख्न र भोग्न सक्ने
सूर्योदय र सूर्यास्तमा तिम्रा
जादूमय दृष्टिले देखेको
सीमित भूगोलभित्रका एक हिउँद
र वर्खाको एक आकाशको कुरा ।
भोक, आकाश र आङलाई तिलाञ्जली दिएर
कुन ग्रहमा रहरको खेती गरिरहेका छौ ?
कुन मार्क्स र लेनिनको अपव्याख्या गरिरहेका छौ ?
केवल नेतृत्वको नाममा ।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
विभुषण पाउनेमा

विभुषण पाउनेमा

संप्रस पाैडेल
खरानीको होली

खरानीको होली

फित्काैली डटकम
मान्दैन मेरो मन

मान्दैन मेरो मन

बालकृष्ण खनाल
सर्वश्रेष्ठ

सर्वश्रेष्ठ

सोमराज ‘अभय’
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x