साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रजातन्त्र र गणतन्त्र जन्माउँदा..

दृष्टि दोषी भएर हो ? वा पटकपटक पारिबाट लुटिएको अस्मिता जोगाउदा जोगाउँदै भाँचिएको अस्थिपन्जर जोड्न नसकेर हो ??

Nepal Telecom ad

प्रजातन्त्र र गणतन्त्र जन्माउँदा
प्रसव पीडाले थलिएको मेरो देश
पुनः अस्मिता लुटिएको पीडाले
छट्पटाइरहेछ, तड्पिरहेछ ।
अनि
एकाधिकारवादी रक्तपिपासु
कपुतहरूले पटकपटक
गरेको चिरहरणको ब्यथाले
मेरो देश भक्कानिइरहेछ ।
साथै
त्यो भरिएको सिउँदोमाथि
बिधुवाको जवानी बोकेर
अझै मेरो देश रोइरहेछ ।
सायदै
प्रसव पीडाले चहर्‍याएको घाउमा
मलम पट्टी लगाउँदा
आफ्नै कपुतहरूका
दृष्टि दोषी भएर हो ?
वा
पटकपटक पारिबाट
लुटिएको अस्मिता
जोगाउदा जोगाउँदै
भाँचिएको अस्थिपन्जर
जोड्न नसकेर हो ??
अपितु
न्यायिक हकहितका
भाषण छाट्ने ती देशद्रोहीहरूले
जिउँदै जलाइरहँदा
मुखमा पट्टी बाँधेर
अझै मेरो देश दुःखीरहेछ ।

०००
रातोपुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
0
Would love your thoughts, please comment.x
()
x