साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दासत्वमा नारी

तिनै रक्त पिपासु सन्तानहरूले, दिएको सजाय भोग्न, बाध्य छिन् नारी। कहिले दाइजो नल्याएको, निहुँमा जिउँदै आगोमा होमिन्छिन्, कहिले छोरी जन्माएको निहुँमा विषको आहारा बनाइन्छिन् नारी ।

Nepal Telecom ad

अन्जु शर्मा :

ती फुर्र आकाशमा उड्ने,
चरालाई के थाहा ?
पिंजरा भित्रको बन्द जीवन।
ती फाँटमा फरफराउने
पुतलीलाई के थाहा ?
मजरा भित्रको यान्त्रिक जीवन ।
ती मासमा भाषण गर्ने
नेतालाई के थाहा ?
बन्द पर्खाल भित्रको
नारकीय जीवन।

वास्तवमा, नेताहरूको भाषणमा
महिला कति स्वतन्त्र छन !
आमा बन्ने अवसर पाएकै छन्
श्रीमतीको दर्जा लिएकै छन्
छोरीको पवित्रतासँगै
अनन्त: चुमिएका नारी,
स्वछन्दतामा चुलिएका छन्।

विडम्बना
के नारी स्वतन्त्र छन् ?
यदि छन भने तपाईं
सोध्न सक्नु हुन्छ
जेलको सेलभित्र
बसेको कैदीलाई
के तिमी स्वतन्त्र छौ ?

उफ्
यति मात्र हैन
तपाईं सोध्न सक्नु हुन्छ,
मजरामा पसीना पुछ्दै गरेको
जवान युवकलाई
के तिमी स्वतन्त्र छौ ?

हो,
वास्तविकता अर्कै छ
स्वतन्त्रताको नाममा
कोठीमा बेचिए नारी
आजादीको रङ्ग भरेर,
खाडीको नरकमा
हेलिए नारी।
समनताको विकुल फुक्दा,
दुधे काखे बच्चा छोडेर
जागिर खान हिंडे नारी।

फलस्वरूप,
सँगै अफिस जाने
श्रीमान भन्छन्
“समनता हो समनता
समान काम गर्नै पर्छ,
तिमी पनि शिक्षित छौ
दुई पैशा कमाउनै पर्छ।”
विडंबना !
कहिले पनि भनेनन्,
घरको काममा सघाउँछु भनेर।

आखिर,
स्वतन्त्रताको नाममा,
अफिस र घर दुबै,
धान्न थालिन नारी,
परिणाम स्वरूप
गलित र थकित
जीवन लिएर,
झिनो आशामा जीउने नारी
कतै यौन तिर्खाको साधन बनिन्
कतै घुम्टो भित्रका कुन्ठाहरूमा
मडारिन थालिन्।

अनि आज
तिनै रक्त पिपासु सन्तानहरूले,
दिएको सजाय भोग्न,
बाध्य छिन् नारी।
कहिले दाइजो नल्याएको,
निहुँमा जिउँदै आगोमा होमिन्छिन्,
कहिले छोरी जन्माएको निहुँमा
विषको आहारा बनाइन्छिन् नारी ।

खै अब कसरी ?
स्वतन्त्र छिन भनुँ यिनलाई
म त दासत्व भित्र अझै पनि
नारी नै नारी देख्छु।

०००
रातोपुल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
रोबोट बन्ने रहर

रोबोट बन्ने रहर

अन्जु शर्मा
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x