साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्बन्ध

बिहेको पहिलो रात थियो । निद्रामा हानाहान र भनाभन गर्दै थिए । विहानै संबन्ध विच्छेदको मुद्दा दायर गर्नुपर्यो रे ! हैन, हिजोआज यो संबन्ध चाहिँ कति सस्तो भएछ ?

Nepal Telecom ad

अन्जु शर्मा :

श्रीमतीले फुलिस्केपको पन्ना निकालेर छोरीको हातमा थमाइन्।
श्रीमानले ड्रवेरबाट पेन्सिल निकालेर दिए।
“ओहो ! पहिलो अक्षर “जून” ! हाम्री छोरी दुनियाँका लागि शितल छहारी बन्नेछिन्” श्रीमती दङ्ग परिन्।
“दोस्रो अक्षर “घाम”! पक्कै हाम्री छोरी तेजवान बन्नेछिन् ।” श्रीमान मुस्कुराए।
“रातो” लेखिन्। “मेरी छोरी क्रान्तिकारी हुन्छिन्”। श्रीमती चिच्याइन्।
“कालो ” लेखिन्। “मेरी छोरीले अन्यायको प्रतिकार गर्छिन्” । श्रीमान पनि चिच्याए।

फुलिस्केपको सेतो पन्नामा छोरी लेख्दै गइन् । धेरै शब्द पछाडि उनलेे “आमा” लेखिन्। श्रीमतीले गर्व गर्दै भनिन् “मातृशक्ति भनेको धर्ती समान हुन्छ।”

श्रीमान झोक्किदै “छोरीबाट मेरो बंशको अन्त्य निश्चित छ। त्यसैले एबर्सन गर्नपर्छ।”
“अझै तिम्रो दिमागमा पितृसत्ताको ह्यङ्ओभर बाँकी नै छ ? म तिमीलाई त्याग्छु तर बच्चा जन्माउँछु।”

“बिहेको पहिलो रात थियो । निद्रामा हानाहान र भनाभन गर्दै थिए । विहानै संबन्ध विच्छेदको मुद्दा दायर गर्नुपर्यो रे ! हैन, हिजोआज यो संबन्ध चाहिँ कति सस्तो भएछ ?”
बाले छोराबुहारीको संबन्धलाई लिएर चिन्ता ब्यक्त गर्नुभयो ।

०००
रातोपुल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x