साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ताको खोजी

नेता बेसर्मी हुँदै बोले "यी टुटेफुटेका टुक्रा मिलाएर सानो टुल बनाऔं, अनि आलोपालो गरेर आधाआधा चाक बसालौं।"

Nepal Telecom ad

अन्जु शर्मा :

परम शक्ति र सुख
मंचको बिचमा चम्किलो कुर्सी ।
कुर्सी खाली भएको घोषणा शुरूभए लगत्तै शुरूभयो छिर्के दाउपेचको महासंग्रम।

“म सर्वहाराको नेता हुँ।यो कुर्सीको खास हकदार म हुनपर्छ।” भिडबाट एउटाले बमन गर्यो।”

” तिम्रो विचार संग विमति भएर बनाएको नयाँ दलको नेता म हुँ।त्यसैले कुर्सीको हकदार म हुनपर्छ।” अर्कोले प्रतिकार गर्यो।

भण्डाफोर र चरित्रहत्याको जुवारी खेल्दै तानातान र हानाहान गर्दा कुर्सीको खुट्टा भाँचियो। उनीहरूले भिडमा उपस्थित जनताको काँधलाई बैशाखी बनाएर पूनः कुर्सी लुछाचुँडी गर्नथाले। क्रमशः कुर्सीको ढाड र पाखुरा भाँच्चिएर कुर्सी भग्नावशेषमा परिणत भयो । रक्ताम्य भएका नेता च्यात्तिएका कपडा मिलाउदै शान्त भए।

यसै क्रममा भिडबाट एक वृद्धले आक्रोशित हुँदै “सकियो तिमीहरूको नाटक ? गरिबका काँधमा अझै कति शासन गर्छौ हँ ?”

नेता बेसर्मी हुँदै बोले “यी टुटेफुटेका टुक्रा मिलाएर सानो टुल बनाऔं, अनि आलोपालो गरेर आधाआधा चाक बसालौं।”

०००
रातोपुल
२०८३/०३/२०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
शैली किसिम-किसिमका

शैली किसिम-किसिमका

दिलीप अर्याल
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x