साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे मान्छे जस्तो छैन

उपल्लो दर्जामा छस् महाबुज्रुक मान्छे मान्छे जस्तो पनि छैन तँ जस्तो पनि हुन सक्दैन तँ मान्छे भइदिएको भए घाँस खान्थ्यो होला त्यो मान्छेले तर मान्छेले मान्छे खाँदैनथ्यो होला ।

Nepal Telecom ad

शिव प्रकाश :

अभिश्राप तँलाई त्यो ईश्वरको
कुकुर !
विष्टा खान्छस तँ मान्छेको
तँलाई त्यही ईश्वरको वरदान
धन्य तँ
त्यो मान्छेभन्दा महान् छस्
गुनी छस्
इमानी छस्
विष्टा खान्छस् त के भयो
निष्ठा छ तँभित्र
विष्टा नखाने मान्छे
निष्ठाविहिन छ
तेरो तुलनामा तुलनाहीन छ
ईश्वरको अनुपम् रचना
मान्छे !
निक्रिष्ठ छ
मान्छे मान्छे जस्तो छैन
मान्छे तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
विष्टा खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले आदर्श खादैनथ्यो होला !

अनुदारता ईश्वरको तँमािथ
गधा !
गालीका लाजभाँड लवजहरुसँग
जोडिने सधैं तेरो नाउँ
त्यही ईश्वरको दया तँमािथ
धन्य तँ
सहनशीलताको अतुल उपमा
त्यो मान्छेभन्दा सहिष्णु छस्
िहंस्रक मान्छे
मान्छे जस्तो छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
ढुटो खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे टोक्दैथ्यो होला !

विवेकहीनता ईश्वरको तँमाथि
गोरु !
बुद्धिहिनतको विषेशण
तेरो विषेशता
त्यही ईश्वरको अनुपम कृपा तँमाथि
धन्य तँ
परिश्रमको पर्याय तेरो लगनशीलता
घाँस खाएर अन्न पोस्ने तँ मान्छेलाई
घाँस नखाने मान्छेभन्दा
उपल्लो दर्जामा छस्
महाबुज्रुक मान्छे
मान्छे जस्तो पनि छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भइदिएको भए
घाँस खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे खाँदैनथ्यो होला ।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x