साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाकिमको कालो कर्तुत

परीक्षामा उत्तीर्ण भएकामा उनीहरू पनि झन् बढी खुशी हुने नै भए । तर बुढो हाकिमको कालो कर्तुत थाहा पाउँदा भने उनीहरू आश्चर्यचकित हुन पुगे ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

वुढो विद्वान आफ्‌नै अफिसमा गजधुम्म भएर बसेको थियो । यो उसको कर्पोरेट कम्पनीको अफिस हो । यसको हाकिम ऊ आफै हो अफिससँग कारोवार हुने गरेका अरु कम्पनीहरूतिर पनि उसको चर्चा बहुत चल्ने गरेको छ । कार्यालयमा ऊबाहेक अरू पाँच जना कर्मचारीहरूले काम गर्ने गरेका छन् ।

एक दिन बुढो विद्वानले आफ्‌नो कार्यकक्षमा सवै कर्मचारीलाई बोलाएर भन्योे ‘साथी हो ! अब म तिमीहरूलाई कार्यवाहक दिन्छु तर तिमीहरूको परीक्षा पनि लिन्छु है !’

परीक्षाका लागि पाँचै जना कर्मचारीलाई पालैपालो कार्यवाहक दियो । क्रमैसँग उनीहरू अब अफिस सम्हाल्न थाले ।
बुढो हाकिमले पनि पहिलो दोश्रो तेश्रो गरि उनीहरूको कार्यक्षमता र दक्षता हेर्दै गयो । चौथौसम्म हेरेपछि उसले पाँचौँका पालामा थप नयाँ कुरा अघि सार्‍यो । उसले सवैलाई आफ्‌नो कार्यकक्षमा बालायो । सबैजना काम छोडेर हाकिमको सामुन्नेमा पुगे ।

हाकिमले चलाखीपूर्ण तरिका अपनाउँदै एउटा कामको कमिशन वापतको पोको फुकाउँदै पाँचौँ कार्यवाहकलाई सोध्यो– ‘तिमीले यो पोको कहाँ देखेका थियौ ?’ उसले सहज उत्तर दियो ‘हाकिम साहेब मैले यो पोको त हजुरकै टेवुलमुनि देखेको हुँ नि ! त्यहिँबाट झिकेर ल्याउनु भएको होला त !’

यो सुनेपछि हाकिम खुशीले गदगद भयो । उसले सबैलाई उत्तम घोषित गरिदियो । परीक्षामा उत्तीर्ण भएकामा उनीहरू पनि झन् बढी खुशी हुने नै भए । तर बुढो हाकिमको कालो कर्तुत थाहा पाउँदा भने उनीहरू आश्चर्यचकित हुन पुगे ।

०००
तुप्चे – ४ चनौटे, नुवाकोट  । हाल काठमाडौ १५ चमती
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
अवैध कुखुराको चल्ला

अवैध कुखुराको चल्ला

सञ्जय साह मित्र
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x