साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

​आजभोलिको प्रेम त गज्जबको हुन्छ,  मर्छु भन्दै फकाउने शैली अचम्मको हुन्छ ।  रिचार्ज नसकिउन्जेलसम्म मात्र चल्छ यो पिरती, पैसा सकिएपछि त रूप अर्कै नस्लको हुन्छ । 

Nepal Telecom ad
नन्दलाल आचार्य  :
​१.
​सधैँ पसल धाउँछौ तर दाम दिँदैनौ,
बोल्छौ मात्र ठूला कुरा, काम दिँदैनौ ।
चिया-चुरोट सित्तैमा उडाउन पाएपछि,
साहुजीलाई कहिल्यै तिमी आराम दिँदैनौ ।
​२.
​अचेल मोटो भएँ भन्दै डाइटिङ गर्छु,
मोटोपन घटाउन अब फाइटिङ गर्छु ।
लुकी-लुकी भान्सा पसेर बफ मःम खाँदै,
फेसबुकमा चाहिँ ‘भोकै छु’ भनी राइटिङ गर्छु ।
​३.
​चुनावमा झुटा कुरा ओकल्नुहुन्छ नेताज्यू,
सधैँ चिल्ला गाडीमा मात्र गुँड्नुहुन्छ नेताज्यू ।
जितेर गएपछि खोज्दा पनि भेटिन्न कतै,
बजेट भाषण आउँदा मात्र उफ्रनुहुन्छ नेताज्यू ।
​
४.
​राम्रो देखिन कति धेरै फिल्टर हाल्छौ,
लाइक नआए फेसबुकमै चिल्टर हाल्छौ ।
वास्तविकता लुकाएर सोसल मिडियामा,
भैँसीजस्तो अनुहारलाई पनि मिल्टर हाल्छौ ।
​
५.
​आजभोलिको प्रेम त गज्जबको हुन्छ,
मर्छु भन्दै फकाउने शैली अचम्मको हुन्छ ।
रिचार्ज नसकिउन्जेलसम्म मात्र चल्छ यो पिरती,
पैसा सकिएपछि त रूप अर्कै नस्लको हुन्छ ।
०००
२०८३ असार २५ गते ।
सिद्धार्थटोल, उदयपुर ।
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x