साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असारे भाका गाउँछन् पाका

हड्डी र छाला चाउरे गाला छ ज्यान अप्ठ्यारो बिहान काम दिउँसो काम कामै छ पियारो भविष्यमाथि बन्दछन् प्यासी सिर्जना भरेर असारे भाका गाउँछन् पाका खेतमा झरेर।

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

आँखाको भाका न बुझ्छन् पाका न खान्छन् चुरोट
कृषिको कर्म हो मुख्य धर्म गर्दछन् अठोट
पछाडि हट्नु हुँदैन भन्छन् अगाडि सरेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर।

न भोक तिर्खा न शोक सुर्ता पटुकी कस्तछन्
थालेको काम सुस्ताई पाका न कोही बस्तछन्
कर्तव्य सम्झी हिँड्दछन् पाका जाँगर भरेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर।

आँधी र हुरी असिना पानी सहेर खट्तछन्
अप्ठ्यारो काम सजिलो ठान्छन् सङ्घर्ष गर्दछन्
सङ्कल्प एक लिएर हिँड भन्दछन् डटेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर।

हड्डी र छाला चाउरे गाला छ ज्यान अप्ठ्यारो
बिहान काम दिउँसो काम कामै छ पियारो
भविष्यमाथि बन्दछन् प्यासी सिर्जना भरेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर।

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
तर खाने

तर खाने

भगवतीप्रसाद शर्मा
0
Would love your thoughts, please comment.x
()
x