चाड नै विकृत
देउसी छोडियो भैलिनी छोडियो नाँच डिस्को भयो मादले छोडियो नव्यको नाउँमा दुर्गन्धी पारियो लोकबाजा न छन् बाँसुरी मासियो ।
भगवतीप्रसाद शर्मा :
छैन औकात नै देखियो चाहियो
काजु- सौगात रे चाहियो चाहियो
जे हिजो पाक्दथ्यो त्यो खुशी नै थियो
भाइटीका हिजोको हरायो गयो ।
डीउ रक्सी छुसी विदेशी चाहियो
फूल छन् कागजी बेचिने चाहियो
सुन्तला कागती झन् मिठा अम्बक
हुन्न रे गाउँका बाहिरी चाहियो ।
छैन गोदावरी मख्मली बाबरी
खै थुँगे ज्ञान्थुँगा गाउँका नम्बरी
बाहिरी फूल छन् गाउँमा लाहुरे
बाह्य सामानले गाउँले चाउले ।
देउसी छोडियो भैलिनी छोडियो
नाँच डिस्को भयो मादले छोडियो
नव्यको नाउँमा दुर्गन्धी पारियो
लोकबाजा न छन् बाँसुरी मासियो ।
भाँडभैलो कुरा भित्रियो देशमा
पाउमा हातमा राहुको भेषमा
जो नराम्रो सही हुन्छ त्यो स्वीकृत
चाड नै देखियो आज ता विकृत ।
०००
खोटाङ
देउसी छडियो भैलिनी भांँडियो
जाल ढालको ध्वजा परको गाडीयो