साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाड नै विकृत

देउसी छोडियो भैलिनी छोडियो नाँच डिस्को भयो मादले छोडियो नव्यको नाउँमा दुर्गन्धी पारियो लोकबाजा न छन् बाँसुरी मासियो ।

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

छैन औकात नै देखियो चाहियो
काजु- सौगात रे चाहियो चाहियो
जे हिजो पाक्दथ्यो त्यो खुशी नै थियो
भाइटीका हिजोको हरायो गयो ।

डीउ रक्सी छुसी विदेशी चाहियो
फूल छन् कागजी बेचिने चाहियो
सुन्तला कागती झन् मिठा अम्बक
हुन्न रे गाउँका बाहिरी चाहियो ।

छैन गोदावरी मख्मली बाबरी
खै थुँगे ज्ञान्थुँगा गाउँका नम्बरी
बाहिरी फूल छन् गाउँमा लाहुरे
बाह्य सामानले गाउँले चाउले ।

देउसी छोडियो भैलिनी छोडियो
नाँच डिस्को भयो मादले छोडियो
नव्यको नाउँमा दुर्गन्धी पारियो
लोकबाजा न छन् बाँसुरी मासियो ।

भाँडभैलो कुरा भित्रियो देशमा
पाउमा हातमा राहुको भेषमा
जो नराम्रो सही हुन्छ त्यो स्वीकृत
चाड नै देखियो आज ता विकृत ।

०००
खोटाङ

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

देउसी छडियो भैलिनी भांँडियो
जाल ढालको ध्वजा परको गाडीयो

Nepal Telecom ad
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
तर खाने

तर खाने

भगवतीप्रसाद शर्मा
यिनै शब्दमा रमाएँ

यिनै शब्दमा रमाएँ

भगवतीप्रसाद शर्मा
शत्रु चिनौँ

शत्रु चिनौँ

भगवतीप्रसाद शर्मा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
1
0
Would love your thoughts, please comment.x
()
x