साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्न गाह्रो

मान्छे हुन्छ विनयले विचारबाट मान्छे हुन्न कलहले विकारबाट मान्छे चिन्दछु व्यवहार नित्य गर्दा मान्छे बन्न कठिन हुन्छ कामबाट ।

Nepal Telecom ad

भगवतीप्रसाद भट्टराई :

के ल्यायो हलचलले भनेर हेरेँ
ठूला देख्छु महल ती चिटिक्क फेरे
त्यस्तै देख्दछु परिधान भिन्न भिन्न
सानो हुन्न सब यहाँ उदण्ड शण्ड ।१

जे रोप्यो फसल उही हुने नठानी
त्यस्तैको मलजल भो गुलाफ मानी
के पायो अवसरले धुवाँ लगायो
राम्रा मानिस अहिले सबै हरायो ।२

झेली मानिस बलिया यहाँ बनायो
ठेली पुस्तक गतिला यहाँ जलायो
खोली मन्दिर पगितो ठगी पुजारी
बाठा पण्डित अहिले बढी चिनायो ।३

छैनन् मानिस रसिला न शुद्ध आत्मा
गर्छन् आरिस सबले तमाम काम
होली हुन्छ रगतको शहीद बेच्छन्
खेती हुन्छ दल मिली यही छ धामा ।४

मान्छे हुन्छ विनयले विचारबाट
मान्छे हुन्न कलहले विकारबाट
मान्छे चिन्दछु व्यवहार नित्य गर्दा
मान्छे बन्न कठिन हुन्छ कामबाट ।५

मान्छे भन्छ तर हुँदैन हान्छ आरो
मायाँ गर्छ मतलबी भयो तगारो
मान्छे कोमल छ भनूँ कठोर साह्रो
मान्छे जन्मिन सजिलो छ बन्न गाह्रो ।६

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
तर खाने

तर खाने

भगवतीप्रसाद शर्मा
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x