साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अम्मली बा

हेर्न त बा ठिक छन् अझ कष्ट छ क्षेत्र सबै तह घायल नष्ट छ ॥८ यो घरको सब बात अरूतिर पुग्दछ चिन्तन भिन्न छ जन्जिर आसुरका सँग बढ्दछ सङ्गत हुन्न नि बा अब सप्रिन पर्दछ ॥

Nepal Telecom ad

कविराज घिमिरे :

बा हुन मुस्किल पर्दछ हे सुत
खेप्तछ बालक झन्झटका बुट
पत्थर बन्दछ दर्द भगाउन
मस्त जवान त हुन्छ अनेकन ॥१

खेल भए कति झेल भए कति
चोर हुने पनि प्रौढ बने कति
छेक्न सकिन्न नि रोक्न कसैप्रति
आयु सरासर बढ्छ रहे जति ॥२

वृद्धहरू पनि छन् कति जातक
छन् कति घातक छन् कति पातक
प्रौढ बनेपछि बुद्ध हुने तर
बुद्ध सरासर जान्छ उतातिर ॥३

क्रोध जमाउन बा किन बन्नु छ ?
मूल्य घटाउन बा किन बन्नु छ ?
बा भन हुन्छ र मूल्यबिना पनि ?
बा हुन मुस्किल साखबिना पनि ॥४

पालन गर्नु छ है अनुशासन
ज्ञानबिना पनि हुन्छ र बा जन ?
नाम छ केवल बा तर बा हुन
गर्नु छ है अब धर्म परीक्षण ॥५

इज्जत पाउन वंश टिकाउन
सक्षम बन्नु छ वृद्ध भनाउन
जो नर पुग्दछ बा हुन जोखिन
बन्नु छ अब्बल पर्दछ चोखिन ॥६

वृद्ध भएपनि रौनक खास छ
चाहत केवल भाङ र तास छ
फोगटिया गफ दिक्क दिमाग छ
छैन गुणीपन मस्तक नाग छ ॥७

अम्मलमा रत उद्धतले सब
सन्ततिको धन नास बनाउछ
हेर्न त बा ठिक छन् अझ कष्ट छ
क्षेत्र सबै तह घायल नष्ट छ ॥८

यो घरको सब बात अरूतिर
पुग्दछ चिन्तन भिन्न छ जन्जिर
आसुरका सँग बढ्दछ सङ्गत
हुन्न नि बा अब सप्रिन पर्दछ ॥९

फ्याँक्न सकुन् सब कल्मष सन्तति
हून् सब सन्ततिका अब उन्नति
बा हुन रक्षक पर्दछ शाश्वत
बा नित बन्नु छ सन्तति प्रेरक ॥१०

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x