साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तर खाने

हुन्छन् तिनै साँढ बसेर खाने बन्दा बिपक्षी तर हुन्न खाने मीठो सबैको तर हुन्छ हेर इच्छा सबैको तरमात्र खाने ।

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

कित्ता समाली जनता बसेका
त्यस्तै छ कित्ता कविले लिएका
आफ्नो छ कित्ता पर हेरिँदैन
छन् टाँसिएका दलभित्र चैन ।

संसार यै भित्र रहेछ मेरो
घेरा बनाएर भएर टेढो
बद्नाम सारा अहिले गराए
जुम्रा र किर्ना जुका बढाए ।

भेडाहरूको हुलमात्र आफ्नो
ब्वाँसाहरूको हुलमात्र आफ्नो
बाँकी बिपक्षी अरूलाई पारी
बन्ने सर्वोच्च अझै अगाडि ।

तानेर खुट्टा जति छन् लडायो
उठ्ने भएमा पनि भाँच्न लायो
सिद्धान्त लाई पहिले जलायो
यो देश बिर्ता जहिल्यै बनायो ।

दोषी अरू हो म सधैँ पवित्र
भन्ने सबैमाझ भरेर चित्र
कस्तो अनौठो अगुवाइ हेर
यो लाजमर्दो तरिका विचित्र ।

हुन्छन् तिनै साँढ बसेर खाने
बन्दा बिपक्षी तर हुन्न खाने
मीठो सबैको तर हुन्छ हेर
इच्छा सबैको तरमात्र खाने ।

भेडो, बिरालो बन या त साँढे
या सिंह या स्याल कि बन्नु भाले
जे जे बने हुन्छ तरै छ खाने
खोजौँ उपाय तर खान जाने ।

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
यिनै शब्दमा रमाएँ

यिनै शब्दमा रमाएँ

भगवतीप्रसाद शर्मा
शत्रु चिनौँ

शत्रु चिनौँ

भगवतीप्रसाद शर्मा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x