साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढेसकालमा हँसिलाे मुहार

छोरा छोरी नातिहरू हाँसी खुसी पस्छन् माया मोह दिलाएर सँगै साथमा बस्छन् । बुढेसकालको हँसिलो मुहार ज्यान फुर्तिलो हुुनु दीर्घ रोगी भई बस्दा सधैँ पर्थ्यो रुनु ॥

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

यसो गरे पनि ठिक्क
उसो पनि ठिक्क
उमेरको आराममा
छैन मलाई दिक्क ॥१

जागिरको पेन्सनले
गाह्राे छैन खर्च
बुढेसकाल भए पनि
सधैँ मलाई हर्ष ॥२

अहिलेसम्म दरिलो छु
जेसुकै म खाउँ
काम गर्न जाँगर चल्छ
जतासुकै जाउँ ॥३

गोठभरी गाई भैँसी
बाख्रा पाठा धेरै
छोडि जान्छन् जागिरमा
सबै भर मेरै ॥४

दहीदुध घ्यू मोही
आफ्नै घर भरि
खान रोक छैन मलाई
खान्छु पेटभरि ।५

अर्धाङ्गिनी भात भान्सा
चौको चुलो गर्छिन्
बुढाबुढी एउटै साथ
मेरै भर पर्छिन् ।६

घाँस दाउरा पराल भारी
अहिलेसम्म ल्याउँछु
मेरा चल्छ हात पाउ
अरु काम भ्याउँछु ।७

छोरा छोरी नातिहरू
हाँसी खुसी पस्छन्
माया मोह दिलाएर
सँगै साथमा बस्छन् ।८

बुढेसकालको हँसिलो मुहार
ज्यान फुर्तिलो हुुनु
दीर्घ रोगी भई बस्दा
सधैँ पर्थ्यो रुनु ॥९

सबलाई मेरो आशिष लागोस्
दुखाई नहोस् शिर
उमेरको मादले गर्दा
नपरोस् है पिर ॥१०

०००
संयोजक
जेष्ठ नागरिक समन्वय समिति
सूर्यविनायक नगरपालिका
वडा नं ३, बालकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x