विश्वनाथ ढुङ्गेलफलैंचाकाे बास !
जीवनकाे खुसी पाटाे उमेरमा बितिहाल्याे काेहि छैन भावनामा धैर्यताले जितिहाल्याे । ढिकीजाँताे कुरेजस्ताे फलैंचाकाे बास भयाे हात गाेडा स्थिर छैन अब के नै आश भयाे ?

विश्वनाथ ढुङ्गेल :
काेहि भन्छन् अविवेकी काेहि साहुमारा
खुसी वचन छैन मलाई रिसै गर्छन् सारा ।
चल्न हल्न सकिँदैन आफू कतैतिर
पारिवारिक झमेलाले चल्छ मनमा पिर ।
छाेरा छाेरी नातिहरु जति भए पनि
उनीहरु हुँदा रैछन् श्रीमतीका धनी ।
बुढाे सवले हुनै पर्छ बझि लिनु नानी
माया माेह सुख भाेग दिनु पर्छ जानी ।
सवका आशा हुन्छन् यहाँ वृद्ध जीवनमा
लाेभ इर्ष्या वढि लाग्ने आशा रहिरहने मनमा ।
जीवनकाे खुसी पाटाे उमेरमा बितिहाल्याे
काेहि छैन भावनामा धैर्यताले जितिहाल्याे ।
ढिकीजाँताे कुरेजस्ताे फलैंचाकाे बास भयाे
हात गाेडा स्थिर छैन अब के नै आश भयाे ?
०००
सूर्यविनायक, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































