साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नगिता लेप्चा राईकाे हास्यव्यङ्ग्य कृति ‘ब्याकबाइटिङ क्वीन’ लाेकार्पित

कार्यक्रमकाे अध्यक्षता हास्यव्यङ्ग्यकार कृष्ण प्रधान र संस्था अध्यक्ष पि एस घिमिरेका साथै प्रमुख अतिथि युवराज काफ्ले रहनुभएकाे थियाे भने विशिष्ट अतिथिमा बि बि मुखिया रहनु भएकाे थियाे ।

Nepal Telecom ad

सिलगढी दार्जिलिङ, ७ जुलाइ २०२५ । फित्काैली डटकममा नियमित निबन्ध लेख्दै आउनु भएकी नवाेदित हास्यव्यङ्ग्यकार नगिता लेप्चा राईकाे पहिलाे हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘ब्याक्बाइटिङ क्वीन’ लाेकार्पण भएकाे छ ।

सिलगढी स्थित दार्जिलिङ मोडको सिक्स्टी प्लस एसोसिएसको सभाकक्षमा आइतबार सम्पन्न एक समाराेहमा कृति लोकार्पण भएकाे हाे ।

कार्यक्रमकाे अध्यक्षता हास्यव्यङ्ग्यकार कृष्ण प्रधान र संस्था अध्यक्ष पि एस घिमिरेका साथै प्रमुख अतिथि युवराज काफ्ले रहनुभएकाे थियाे भने विशिष्ट अतिथिमा बि बि मुखिया रहनु भएकाे थियाे ।

दीप प्रज्वलन गरी शुरू गरिएकाे कार्यक्रममा दिवङ्गत स्रष्टाहरूकाे स्मरणमा एक मिनेटको मौनधारण गरिएकाे थियाे ।

कार्यक्रममा संस्था अध्यक्ष पी एस घिमिरेबाट सुस्वागतमका शब्द राखिएपछि समीक्षक ऋषि राईले कृतिकाे समीक्षा र चम्पासरी युवा नाट्य मञ्चका अध्यक्ष कृष्ण बस्नेतले कृतिकार नगिता लेप्चा राईकाे परिचय प्रस्तुत गर्नुभएकाे थियाे।

प्रमुख अतिथिको सङ्क्षिप्त सम्भासनपछि उहाँबाटै कृति लोकार्पण गरियाे । त्यसकाे लगत्तै कृति लोकार्पण भएको घोषणा कार्यक्रमका अध्यक्ष हास्य व्यङ्ग्यकार कृष्ण प्रधानले गर्नुभयाे ।

लोकार्पणमा कार्यक्रमका अध्यक्ष, संस्था अध्यक्ष, प्रमुख अतिथि विशिष्ट अतिथि लगायत कृतिकारको परिवार पक्षबाट श्रीमान किशन लेप्चा, आमा सिजु सुब्बा, पापा कुमार सुब्बा, छोरी नेहारीका लेप्चा, कृतिकार स्वयम् र अन्य साहित्यानुरागीहरू उपस्थित थियाे।

लाेकार्पित कृति ‘व्याक्बाइटिङ क्वीन’ भित्र ३१ वटा निबन्धहरू सङ्गृहीत छन् । डा. गाेविन्दराज भट्टराई र फित्कोकाैलीका सम्पादक नरनाथ लुइँटेलका शुभेच्छा शुभकामना मन्तव्य सहित कृष्ण प्रधानकाे समीक्षात्मक भूमिका रहेकाे छ ।

सङ्ग्रहकाे शीर्ष निबन्ध ‘व्याक्बाइटिङ क्वीन’लाई फित्कौली डटकमले २०८० को चैत्र १३ गते प्रविष्ट गरेको थियो । त्यसो त सङ्ग्रहमा परेका झण्डै आधाभन्दा बढीजसो व्यङ्ग्य निबन्धहरू फित्काैली डटकममा प्रविष्ट भइसकेका छन् । सम्पादक लुइँटेलले शुभेच्छा जाहेर गर्ने क्रममा भन्नु भएकाे छ- ‘विषयवस्तुमा छिरेर सामान्य र मसिना कुरालाई उठाउँदै आफू वरिपरिको सामाजिक जीवनका विसङ्गत यथार्थमाथि प्रहार गर्न नगिता निक्कै सिपालु भइसकेकी छिन् । निबन्धहरू सुरुचिपूर्ण, रसिला र हँसिला पनि छन् । यथास्थानमा व्यङ्ग्यको ‘टेक्निक’ राम्रोसँग निर्वाह भएको देखिन्छ ।’

त्यसै गरी ‘भ्रष्टाचारको भारी र पाखण्ड्याइँको पहाड टेक्दै हिँड्नु परेको अवस्था र त्यस्ताप्रति सिर्कना हान्ने, तिनका लुगा खोलेर सिस्नाले डाम्ने र बाजेको मुटु छाम्ने काममा नगिता सिपालु र नीर्भिक रहेको’ बताउँदै नगितालाई नथाकी लेखिरहन डा. गोविन्दराज भट्टराईले शुभेच्छा व्यक्त गर्नु भएको छ ।

सङ्ग्रहमा कृष्ण प्रधानकाे विश्लेषणात्मक भूमिका रहेकाे यस कृतिलाई समकालीन साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएकाे हाे ।

०००
नगिता लेप्चा राईकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Bakta Rai
Bakta Rai
10 months ago

उप्रान्त दिनहरुमा पनि निरन्तर लेख्न जोस, जाँगर र हिम्मत दिन सकेको होस यो कृतिले भन्दै बगुन्द्रै शुभकामना।🙏

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x