विश्वनाथ ढुङ्गेलपापकाे भारी
खाेजिरहेछाैँ निर्मल बाेली मायाकाे घाउ खल्तिकाे झाेली । माया ममता कल्याण हाेस् साथका साथी सङ्गै रहाेस् ।

विश्वनाथ ढुङ्गेल :
मैले गरेछु कुन जुनि पाप
भाेगि रहेछु याे अहिले श्राप ।
उमेर अब साठी नाघियाे
डाडां पारीकाे जुनझै लागियाे ।
सम्यथ्याे माया छाेरा र छाेरी
हुदां रहेछन् अब एकहाेरी ।
आशा भराेसा गङ्गाकाे पानी
एक मुठी शास कहिले हाे जाने ।
प्राणकाे भारी वाेझा भएर
कर्मकाे लेखा छाेडि गएर ।
नहुने रैछ ईर्ष्या देखेकाे
कहाँ छुट्थ्याेर भाग्य लेखेकाे ।
युवा पनमा खेलेकाे भाव
साँझ र बिहान आउँछ प्रभाव ।
मित्रता साथी छ छैनन् अब
डुल्नु र फिर्नु सकेनाै जब ।
कति साथ मिल्छ पियारि हुँदा
बुझ्थ्याे र कस्ले याे मन रुँदा ।
सुख र दुख आफ्नै छ काबु
पियाराे हुन्थे आमा र बाबू।
डुल्नु र फिर्नु जगत भरी
देह सुद्धता गरी देउन हरी ।
सुन्नेले सुन्छ हेर्नेले हेर्छ
श्रृष्टिकाे फल कसले पाे बेर्छ ।
पापकाे भारी छुटाउ अब
प्रभु शरणमा पर्याछु मत ।
जान्दिन प्रभु मिथ्याका बाेली
बचनका धारले लाग्याछ गाेली ।
हृदय मेराे चाेखाेथ्याे सङ्लाे
बुझ्दिन प्रभु हाेचाे र अग्लाे ।
साथकाे साथी छुट्नुत हुन्न
प्रेमकाे भारी टुटनु त हुन्न ।
लेखेकाे हुन्छ तक्दिरमा भारी
घुम्दछ जीवन वारि र पारी ।
उमेर ढल्क्याे रुपै गयाे नि
जीवन अहिले धुपैभयाे नि ।
स्वर्गै सरिकाे व्यथा बुझ्दैछु
छाता बिनाकाे झरी रुझ्दैछु ।
बित्याे जवानी सुख नहुने
कमजाेरी धेय जित्याे अज्ञानी ।
गृहस्थ जीवन अन्त गएन
लड्दै र पढ्दै पत्तै भएन ।
उमेर मिठ्याे दम्पति सार
ईश्वर तिमिले लगाउ पार ।
छैनन् काेहि दुखी सहारा
रुने र हाँस्ने पवित्र धार ।
कस्ताेथ्याे रुप कस्ताेछ गाथ
दुखकाे जीवन छैनन् साथ ।
बुढ्याैली पनकाे दुखी मुहार
ईश्वर बिना छैन आधार ।
बुढेसकालमा नपाईने राेजी
पटुकी कस्छाैँ सहारा खाेजी ।
खाेजिरहेछाैँ निर्मल बाेली
मायाकाे घाउ खल्तिकाे झाेली ।
माया ममता कल्याण हाेस्
साथका साथी सङ्गै रहाेस् ।
आँसु बहन्छ संझि त्याे दिन
माया ममता आउँदैन किन ।
लाैराे छ साथी आफ्नाे सहारा
हात पाउ टेकि खान्छु अहारा ।
पिता र माता पाईन्न अब
दिए पाे सहारा बुझेर तब ।
आँगन पिडिं घुम्ने रहर भाे
छिमेकी साथी झुम्ने सहर गाे ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































