साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पापकाे भारी

खाेजिरहेछाैँ निर्मल बाेली मायाकाे घाउ खल्तिकाे झाेली । माया ममता कल्याण हाेस् साथका साथी सङ्गै रहाेस् ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

मैले गरेछु कुन जुनि पाप
भाेगि रहेछु याे अहिले श्राप ।
उमेर अब साठी नाघियाे
डाडां पारीकाे जुनझै लागियाे ।

सम्यथ्याे माया छाेरा र छाेरी
हुदां रहेछन् अब एकहाेरी ।
आशा भराेसा गङ्गाकाे पानी
एक मुठी शास कहिले हाे जाने ।

प्राणकाे भारी वाेझा भएर
कर्मकाे लेखा छाेडि गएर ।
नहुने रैछ ईर्ष्या देखेकाे
कहाँ छुट्थ्याेर भाग्य लेखेकाे ।

युवा पनमा खेलेकाे भाव
साँझ र बिहान आउँछ प्रभाव ।
मित्रता साथी छ छैनन् अब
डुल्नु र फिर्नु सकेनाै जब ।

कति साथ मिल्छ पियारि हुँदा
बुझ्थ्याे र कस्ले याे मन रुँदा ।
सुख र दुख आफ्नै छ काबु
पियाराे हुन्थे आमा र बाबू।

डुल्नु र फिर्नु जगत भरी
देह सुद्धता गरी देउन हरी ।
सुन्नेले सुन्छ हेर्नेले हेर्छ
श्रृष्टिकाे फल कसले पाे बेर्छ ।

पापकाे भारी छुटाउ अब
प्रभु शरणमा पर्याछु मत ।
जान्दिन प्रभु मिथ्याका बाेली
बचनका धारले लाग्याछ गाेली ।

हृदय मेराे चाेखाेथ्याे सङ्लाे
बुझ्दिन प्रभु हाेचाे र अग्लाे ।
साथकाे साथी छुट्नुत हुन्न
प्रेमकाे भारी टुटनु त हुन्न ।

लेखेकाे हुन्छ तक्दिरमा भारी
घुम्दछ जीवन वारि र पारी ।
उमेर ढल्क्याे रुपै गयाे नि
जीवन अहिले धुपैभयाे नि ।

स्वर्गै सरिकाे व्यथा बुझ्दैछु
छाता बिनाकाे झरी रुझ्दैछु ।
बित्याे जवानी सुख नहुने
कमजाेरी धेय जित्याे अज्ञानी ।

गृहस्थ जीवन अन्त गएन
लड्दै र पढ्दै पत्तै भएन ।
उमेर मिठ्याे दम्पति सार
ईश्वर तिमिले लगाउ पार ।

छैनन् काेहि दुखी सहारा
रुने र हाँस्ने पवित्र धार ।
कस्ताेथ्याे रुप कस्ताेछ गाथ
दुखकाे जीवन छैनन् साथ ।

बुढ्याैली पनकाे दुखी मुहार
ईश्वर बिना छैन आधार ।
बुढेसकालमा नपाईने राेजी
पटुकी कस्छाैँ सहारा खाेजी ।

खाेजिरहेछाैँ निर्मल बाेली
मायाकाे घाउ खल्तिकाे झाेली ।
माया ममता कल्याण हाेस्
साथका साथी सङ्गै रहाेस् ।

आँसु बहन्छ संझि त्याे दिन
माया ममता आउँदैन किन ।
लाैराे छ साथी आफ्नाे सहारा
हात पाउ टेकि खान्छु अहारा ।

पिता र माता पाईन्न अब
दिए पाे सहारा बुझेर तब ।
आँगन पिडिं घुम्ने रहर भाे
छिमेकी साथी झुम्ने सहर गाे ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
आमाकाे संझना

आमाकाे संझना

विश्वनाथ ढुङ्गेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x