फित्काैली डटकमथापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचित
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ समाचारदाता एवं शिक्षा पत्रकार प्रकाश सिलवालसहित तीन जनालाई सम्मान गरिएको थियो ।

काठमाडौँ । मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ । हाम्रो बालापन नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा धनन्जय रेग्मीले बालबालिकाको समग्र विकासका लागि अभिभावक, शिक्षक र समाजका सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले ‘कोमल अभिभावकत्व’ पुस्तकले अभिभावकलाई बालबालिकाको मनोविज्ञान बुझ्न र सकारात्मक अभिभावकत्व अभ्यास गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
पुस्तकका लेखक थापाले बालबालिकाको भावनात्मक, मानसिक तथा सामाजिक विकासमा अभिभावकको भूमिकालाई केन्द्रमा राखेर पुस्तक लेखेको बताउनुभयो । उहाँले आधुनिक समाजमा अभिभावकत्वको शैलीमा आएको परिवर्तन र त्यसले बालबालिकामा पार्ने प्रभावबारे पुस्तकमा विभिन्न अनुभव र अध्ययन समेटिएको जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ समाचारदाता एवं शिक्षा पत्रकार प्रकाश सिलवालसहित तीन जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकार सिलवालसहित समाजसेवी पासाङकाजी शेर्पा र बालमनोविद् डा गङ्गा पाठक रहनुभएको छ । उहाँहरूलाई शिक्षा तथा समाजसेवाको क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानका लागि सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा वरिष्ठ समाचारदाता सिलवालले शिक्षा पत्रकारितामार्फत शिक्षा क्षेत्रका समस्या, सम्भावना र सुधारका विषयमा निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो । समाजसेवी शेर्पाले सामाजिक कार्यमार्फत समुदायको उत्थानका लागि काम गर्दै आएको उल्लेख गर्नुभयो भने बालमनोविद् डा पाठकले बालबालिकाको मानसिक स्वास्थ्य र मनोवैज्ञानिक विकासका विषयमा समाजमा सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । – रासस
०००
Subscribe
Login
0 Comments
Oldest







































