मोहनराज शर्मासुनौलो बोली
विभागाध्यक्षको चम्चाका रूपमा चर्चित गोरू सरको पूरा नाम गोपाल रूपाखेती भए पनि उनी विभाग र विद्यार्थीमाझ छोटकरी नामबाटै लोकप्रिय थिए। उनैले होक्काँ गरे. "ए मोरा सर, किन त्यसरी थुतुनो ढाकेर हिँडेको हँ ?"

मोहनराज शर्मा :
विश्वविद्यालयको आँगनीमा भेंडाभेंडीहरूलाई प्राज्ञिक दूबो चराउने गोठालागिरी अर्थात् प्राध्यापकको जागरबाट मैले अनिवार्य अवकास पाउने दिन आज हो र आजै मेरो एउटा दाँत पकलक्क फुक्लियो। अवकास पाउने दिन र दाँत फुक्लिने दिन यसरी जुध्नु अकस्मात विस्मात् भएको हो, विगुद्ध कागताली परेको हो। अं. दाँत हिजो फुक्लिदिएको भए पनि हुन्थ्यो र भोलि फुक्लिदिएको भए पनि हुन्थ्यो तर आज फुक्लिनु चाहिँ हलुवा खाँदा बालुवा भेटेझै अलि नमज्जा भयो । त्रिसठ्ठी वर्षको उमेरसम्म विश्वविद्यालय क्याम्पसको केन्द्रीय विभागमा बौद्धिककम्लरी गरेपछि अवकास लिने दिन मैले हाँसीहाँसी सबैसँग बिदा लिनु थियो तर अघिल्लो दाँत फुक्लिदिएर मेरो हाँस्ने कुरे हरायो। जसरी तिघ्रातिर सिउनी उधेर भ्वाङ परेको सुरुवाल लाउँदा सुहाउँदिलो हुँदैन, त्यसरी नै अघिल्लो एउटा दाँत फुक्ली भ्वाङ परेको मुख खोलेर हाँस्दा प्रदर्शित हुने थोतोपन न शोभाकर हुन्छ, न सुखकर नै ।
मेरो यस दन्तोत्पादनको सानोसानो कथा पनि छ। कथा के हो भने मैले आज आफ्नो अवकास ग्रहणको पर्व मनाउन केन्द्रीय विभाग जानु थियो। विभागका ज्येष्ठ, कनिष्ठ तमाम सहकर्मीहरूले बिदाइ ग्रहण गर्ने बबुराका मुखभरि रातो अबीर दलेर हनुमन्तेजस्तो बनाई सयपत्रीको माला र कालो टोपी भिराइदिएर पठाउने गर्थे। यो चलन विभागीय कर्मकाण्डका रूपमा स्थापित भइसकेको थियो। मेरो विदाइको कार्यक्रम दिउँसो अलि अबेरतिर राखिएको हुँदा मैले घरबाटै मुँडीभित्र चियाखाजा प्याक गरेर जाने निधो गरें। श्रीमती भान्सामा तदारूकत्ताका साथ चियाखाजा तयार पार्दै थिइन् तापनि मैले अधैर्यवश खाटमुनि हात छिराएर त्यहाँ आलुप्याजसँगै लडाइराखेको सिङ्गो स्याउ झिकें। स्याउ काटेर चानाचाना पार्ने झर्को को बेहोरोस् भनेर मैले सिङ्गो स्याउ मुखमा हालेर ग्वाम्म दारें। स्याउमा मेरा बत्तीसै दाँतहरू ग्वाम्म गाडिए तर तीमध्ये एउटा दाँतचाहिँ चिरिक्क चर्केर दुःखेको मैले चाल पाएँ। के भएछ भनी मुखवाट स्याउ झिकेर हेर्दा त माथिपट्टिका गिजाको अघिल्लो एउटा दाँत आफ्ना ठाउँबाट जरैसुद्ध उखेलिएर त्यसै स्याउमा पो गाडिएको रहेछ। मेरो दन्तोत्पादनका अवसरमा घटित दाँत फुक्लाइको सानोसानो कथा यही हो। वर्जित स्याउ स्वाएर प्रथम मानवी इभ र प्रथम मानव आदम वेसरी पछुताएझै म पनि स्वादमुनिको स्याउ टोकेर घनघोरसँग सुर्ताएँ ।
सुधो र निर्धा गुरूवाको एकरस भूमिका निर्वाह गर्नुपर्ने जागिरे जीवनमा घोटिएर अहिले अवकास पाउने बेलामा पदार्पण गर्दा म तालुखुइले भइसकेको थिएँ। कपालका नाममा बाँकी रहेको धोरवहुत रौं पनि सेतै फुलेर टाउको पलाशघारी भडसकेको थियो। आँखामा वढी पावरको मोटो चस्माले ठाउँ ओगटिसकेको थियो। मधुमेह र उच्च रक्तचापजस्ता चाल मारेर सिकार खे ज्यानमाराहरू शरीरमा पाहुना बस्न आइसकेका थिए। आज जागिरको अन्तिम दिनमा दाँत और फुक्लिदिएर म धोतसमेत भएको थिएँ र मेरो प्रौढ व्यक्तित्वमा झन्झन् वार्धक्य थपिएको थिति। बच्चाका दृघेदाँत झरेको लामो अन्तरालपछि अहिले एक्कासि मेरो एउटा दाँत फुक्लेकोले पल् कड़काजस्ता लागेको थियो तर आफ्नो अधिकांश समय कक्षाका लागि विवश माव, नीरस टिपार गर्दै बितेको हुँदा मेरो तन र मन बैरागीको जस्तो भइसकेकोले मभित्र फुसिलो डकार अथवा अस कुनै कडा विकार उत्पन्न भएन। खास कुरो के हो भने मलाई मेरो पेसाले लासझै शान्त तुल्याएको थियो र म त्यस्तै शान्तिको बर्को ओढेर बाहिर निस्किन्थें। त्यसैले गालाभरि लिखाझै फुस्स दागे पलाए पनि काटेर चिटिक्क पर्ने जाँगर मलाई चल्दैनथ्यो। लुगा कच्याककुचुक भए पनि इन्त्री दल्ने होस् मलाई कहिलै पनि भएन। जुत्तामा धूलो जमेर छालाको रङ्गै बदलिए पनि त्यसलाई पुछने या पालिस दल्नेतर्फ कहिल्यै मेरो ध्याउन्न गएन। म गरिमापूर्ण प्राध्यापकभन्दा बढी अनीया अवधूत मनुवा पो भइसकेको थिएँ।
स्वाजासाजा खाएर मैले आफ्नो विदाइको स्वाद चारून विभागतर्फ जाने तयारी गरे। सबैभन्दा राम्री पोसाक भनेको छोराको बिहेमा सिलाएको सुट थियो, त्यही झिकेर लगाएँ। यता अलि मोटाण प्याट्ट मुंडी निस्केकोले कीट अलि लिंडो, छोटो र कस्सिएको देखिए पनि मैले पटक्कै वास्ता नगरी न्यो सुट धारण गरें। अलि पुरानो भए पनि खरायोको ऊनबाट बनेको काने टोपी थियो, त्यो लगाए मैले आफ्नो खुइलेको खप्पर छोपें। चस्मा नपुछेको धेरै दिन भइसकेकोले धमिलो धमिलो देखिन थालेको थियो। यसो मुखबाट तात्तातो सास काढेर दुबै सिसा वफाएपछि कमिजको बाहुलाते पुछपाछ गरी टल्काउँदै मैले चस्मा भिरें। जतिसुकै टल्काए पनि आँखाकै पावर घटिसकेको हुँदा त्यस चस्माबाट धमिलो धमिलो मात्र देखिन्थ्यो तर त्यो चस्मा नलगाउँदा त त्यही धमिलो धमिलो पनि देखिदैनथ्यो। दलदले पोखरीमा आहाल बसेको भैंसीजस्तो जुत्तालाई टालो भिजाएर दलीदली बेस्सरि पुछे तर त्यसको हविगत चाहिँ फोहोरमैलाको डङ्गुरतिर हुर्र हुऱ्याउने पत्रु मालजस्तो भइसकेको थियो ।
मलाई आफ्नो विरुपाक्ष रूपरङ्गमा थप हुन आएको थोत्रो स्वरूप कसैलाई देखाउने मन थिएन। उता विभागमा नगई नहुने स्थिति आफ्नै अवकास एवं विदाइ कार्यक्रमका कारण उत्पन्न भएको थियो। मगज खियाएर केहीबेर सोचविचार गरेपछि मैले आफ्नो मुखमा रूमाल बाँधे, ठ्याक्क छापामारले नकाब लगाएर मुख छोपेझै। मुखमा रातो रूमाल बाँधेर आतङ्गवादी झै विभागमा प्रवेश गर्दा जोजो भेटिए, ती सबैले प्रश्नको भुतभुते खरानी मेरो टाउकोमा खन्याए। सर्वप्रथम मेरो जम्काभेट विभागभित्र छिर्ने ढोकाका चेपमा मुसा सरसँग भयो। विभागमा हाम्रो पूरा होइन छोटकरी नामको प्रयोग गरिन्थ्यो। जस्तै म मोहनराजको छोटकरी नाम मोरा थियो। त्यसैगरी, पूरा नाम मुरली सापकोटा भए पनि विभागमा उनको छोटकरी नाम मुसा सर नै प्रख्यात थियो। मुसा सरले आफ्नो बोकेदारी मुसार्दै प्रश्न तेर्स्याए, ‘हन ए मोरा सर, आज त्यो आफ्नो थुतुनो एवन महिलाझै टालाले किन छोप्नु भो हैं ?”
“के भनौँ मुसा सर, यस बुढेसकालमा पनि गालाउँधो बडेमानको डन्डीफोर आइदियो भन्या। के गर्नु, देखाउन लाजै लागेर रूमालले मुख छोपेको हुँ।” मैले उनलाई ढाँट पनि मेरो बोलीमा विश्वसनीयताको गाढा अनुगुञ्जन रहेको हुँदा उनले मेरो कुरो पत्याएँ।
विभागको ढोकाबाट छिरेर शिक्षकहरू बस्ने कक्षमा मैले टेक्न पाएको थिइनँ, गोबर सरसँग साक्षात्कार मइहाल्यो । उनको पूरा नाम गोरखबहादुर रजौरिया भए पनि विभागका हरेक मान्छेको निमुखमा छोटकरी नाम गोवर तर नै झुन्डिएको थियो। उनले चल्लो मुंडी हल्लाउँदै दुबै आँखा अलात् गरी फट्याएर सोधे, “ओहो मोरा सरज्यू, त्यो मुखमा बडेमानको रूमाल किन बाँध्नु भएको है ?”
“गोबर सर, मेरो चिउँडोको ठूलो कोठी हतारहतार दारी खौरिंदा स्वाट्टै काटिएछ। कोठीसँगै मासुको ठूलो चोक्टो लाछिएर आफ्नो मुख बीभत्स रसको उदाहरण बनेको हुँदा छोप्न भनेर कोरूमाल बेरेको हूँ।” आफ्नो कल्पित गथासामा दुखेमाको बाक्ती रोगन पोल्दै मैले भनें।
शिक्षकहरू बस्ने कक्षकै एउटा कुनो बारेर बनाइएको विभागाध्यक्षको कोठामा म पस्न खोज्दै थिएँ, भित्रवाट गोरू सर बाहिर निस्किए। विभागाध्यक्षको चम्चाका रूपमा चर्चित गोरू सरको पूरा नाम गोपाल रूपाखेती भए पनि उनी विभाग र विद्यार्थीमाझ छोटकरी नामबाटै लोकप्रिय थिए। स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै उनले हान्ने सदिकै टाउको हल्लाउँदै होक्काँ गरे. “ए मोरा सर, किन त्यसरी थुतुनो ढाकेर हिँडेको हँ ?”
के मनौँ भनेर एकछिन रनभुल्लिएपछि मैले सुस्तसुस्त मर्ने, ‘खोइ के मनीं गोरू सर, सबै पुर्णरीको खेल हो. ‘आज बिहान यसो अलिकति मह काढौं मनेर पारका छेउतिर डिम्केको मात्र के थिएँ, हुरूरू निस्केर एक हुल मौरीले ओठमा चिलिदिए। चिलेको एकछिन पछि त दुवै ओठ सुनिएर ठूला ठूला बेलुन भएका छन्। सारे विरूप हुन पुगेको आफ्नो अनुहार देखाएर अरूलाई किन तर्साउनु भनी छोपिराखेको हुँ।”
विभागाध्यक्ष आफ्नो कोठाबाट निस्केर बिदाइ कार्यक्रम हुने हलतिर गइसकेकाले म पनि त्यतै लागें। विदाइको कार्यक्रम ठीक समयमा विभागाध्यक्ष बोका सरको अध्यक्षतामा सुरू भयो। उनको पूरा नाम बोधिसत्व कायस्थ हो। विभागका विभिन्न सरहरूले मेरो विदाइ कार्यक्रममा मावपूर्ण उद्गार व्यक्त गर्दै मलाई यस शताब्दीको अगुवा नवचिन्तकको मानसमेत भिराए । विद्यार्थीहरुले पनि भावुक भएर एउटा हिट फिल्मी गीतको प्यारोडी बनाई मेरो बौद्धिक कैरनको सम्झनामा चिचो फुलाएका थिए। घुम्दैफिर्दै रुम्जाटार’ भनेझै कार्यक्रमको अन्तिम चरणमा मैले बोल्ने पालो पनि आयो। भावुकताको वाक्लो पाकमा डुबाएर तयार पारेको एउटा विदाइ वक्तव्य मैले ल्याएको थिएँ, त्यसैको लीलामय पठन गर्न म जुरूक्क उभिएँ।
म आफ्नो तयारी वक्तव्य खुबै परिपाठ लगाएर प्रस्तुत गर्दै थिएँ, एक्कासि श्रोतामाझबाट ‘बुझिएन, बुझिएन’ भन्ने स्वरसुनामी उर्लेर आयो। मुखको रूमाल नफिको मैले आफ्नो विदाइ वक्तव्य पढ्न थालेपछि त्यो नबुझिएर श्रोताबीच गाइँगुइँ बढ्दै गई ठूलै होहल्लामा परिणत र विस्फोटित भएको थियो। बाढीको अनियन्त्रित पानीकै होहल्लामा बाँध भत्काएर छताछुल्ल हुन थालेपछि विवश भएर मैले मुखको रूमाल खोलें र आफ्नो बानीअनुसार ङिच्च पारेर दाँत देखाएँ। मेरो मुखको उपरदाङ गढीको एउटा ढोका ढलेको देखेर सबै गलल्ल हाँते। वनमा सल्केको डढेलोजस्तो त्यो चकों हाँसो हलभित्र व्यवस्थित हुन केही समय लाग्यो।
चर्को हाँसो व्यवस्थित हुँदै गएर परिवेशमा शान्तिको परेवा पुर्न थालेपछि मैले कुरो भन्न मुख खोले “साथी हो, म आफ्नो खाप्चाको यो नवीन संस्करण अर्थात् थोते रूप तपाइँहरूलाई जागिर जीवनको अन्तिम दिन आज किमार्थ देखाउन चाहन्नर्थे तर तपाईहरूको उखुम हल्लाखल्लाबाट बाध्य भएर देखाएको हुँ। सुन्नोस्, हरेक कुराको एकदिन अवश्य मिति पुग्छ र त्यसले अवकास लिनुपर्छ । प्रारम्भ मितिका साथै हरेक वस्तुको समाप्ति मिति पनि तोकिएकै हुन्छ। मेरो जागिरे जीवनले पनि आज अवकास पायो र मेरो अगाडिको एउटा दाँतले पनि आजै अवकास पायो। अवकास सबैले पाउँछन्, कोही अघि र कोही पछि मात्र हो, हेर्नोस, हिजो मुलुकबाट राणातन्त्रले अवकास पाएको थियो अनि पञ्चायतले पनि अवकास पाएको थियो मने आज निरङ्कुशतन्त्रले अवकास पाएको छ । यसैगरी भोलि प्रजातन्त्रले अवकास पाएर लोकतन्त्र र गणतन्त्र आउनेछ। अब मेरो कुरो अलि ध्यान दिएर सुन्नुहोस्, यस मुलुकमा गणतन्त्र आउनासाथ मेरो एउटा चेलोले मन्त्री बनेर मेरो मुखमा सुनको टाँत हाल्न वाचा गरेको छ । त्यसैले अब म यस बोते मुखवाट पाइरिया गराउने बोली बोल्दिन, सुनको दाँत हालेपछि सुनौलो बोली बोल्छु, विदा ।”
त्यसपछि घाँटीमा झुण्डिएका मालाहरू र टाउकोमा घोप्ट्याइएको कालो टोपी झिकेर म हलबाट वाहिर आएँ। मेरा पछिपछि अरूहरू पनि हुत्तिदै बाहिर आए, मलाई सुनको दाँत हालिदिने व्यक्ति को हो मन्ने बुझ्न। म पनि अक्कलै नभएको बेअक्कली हुँ र सुनको दाँत हालिदिनेको सुइँको फलाकर हिँड्छु । अहँ, भन्दिन, ज्यान गए भन्दिन ।
०००
२०६४, जेठ
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)
Subscribe
Login
0 Comments
Oldest








































