साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले त केही बुझिनँ

साथै संसारकै महाबुद्धिमान प्राणी हुँ भनेर नाक फुलाउने मनुवाको बुद्दिमत्ता यसरी नै देखिने हो त ? मैले त केही बुझिन । लौ न हजुर मेरो चित्त बुझाइदिनुस् ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

कालो बोकाको घाँटीमा बाँधिएको डोरिको एउटा छेउ एक हातमा र अर्को हातमा टपरीमा दुना बोहोता अबिर अक्षता फूल धूप धजा जौ तिल केशरी चन्दन आदिले तयार पारिएको पूजा सामग्री बोकेका व्यक्तिलाई सँगै लहरमा उभिएका तर बोका कुखुरा आदि कुनै पशुपन्छी नलिएका व्यक्तिले सोधे- हजुर कहाँदेखि आउनुभो होला ?

बोका डोर्‍याउनेले जवाफ दिए – यहाँबाट डेढसय किलोमिटर पर पूर्वबाट हो हजुर । अनि हजुर कहाँदेखि आउनुभो ? पहिलो व्यक्ति : म त पश्चिमतिरबाट हो । म पनि करिबकरिब दुईसय किलोमिटर टाढाबाट हो । अनि तपाइँ घरमा नहुँदा यो बोको हेरिदिने कोहि नभएर डोर्‍याएर आउनु भएको हो कि मन्दिरको काम भ्याएपछि कतै पशु चिकित्सककहाँ यसलाई लैजानु छ ?

बोको डोर्‍याउने व्यक्ति- घरमा त परिवार भरिपूर्ण छन । यो त मेरो छोरोले जाँचमा उत्तीर्ण भयो भने म एउटा कालोबोको ल्याउँछु भनेर यहिँको मन्दिरलाई सम्झेर भाकल गरेको थिएँ । छोरोले राम्रो अङ्क ल्याएर उत्तीर्ण भयो त्यही भएर यो बोको यहाँ बलिदिन ल्याको हजुर । पशु चिकित्सक त घर भएको गाउँमै सातजना छन् नि । जँचाउनका लागि यति टाढा किन ल्याउनु पर्थ्यो र ?

ए उसो भए तपाइँको छोरोभने परीक्षामा अनुत्तीर्ण हुन पनि नहुने तर बाख्रीको छोरोभने बाँच्न नहुने मार्न पर्ने होइन त ? – पहिलो व्यक्तिले भन्यो – देवीदेवता बलि पूजा भाकल चाडपर्व आदिका नाममा यस्ता अबोध पशुको ज्यान जीवन छिनालेर धर्म गरेको नौटङ्की गरेर नै हाम्रै देशमा जन्मिएका बुद्ध भगवान मानिएका हुन् र ? आफ्नो सफलता, स्वादका लागि कुकर्मी हत्यारो कर्म त्यो पनि मन्दिरजस्तो पवित्र धार्मिक स्थलमा अझ प्रौढ भैसकेका प्रबुद्ध व्यक्तिको तर्फबाट हुँदा हाम्रो समाज सभ्यता कुन चन्द्रमामा पुगेको प्रमाण बन्छ हँ ?!

आज त तपाईंले यो बोकाको यसको माउको अनुमतिबिना नै यसलाई बलिको नाममा ज्यान मार्न ल्याउनुभो । यदि अर्काको छोरो बिना अनुमती घिस्याएर लागि बलि वा भाकलको नाममा ज्यान लिनु धर्म हो असल हो राम्रो हो सभ्यता हो मानवता हो भने कुनै दिन तपाईंको आफ्नै छोरोलाई अरू कोहि बलियाबाङ्गाले यो बोकोको स्थानमा राखेभने के तपाईं त्यसलाई पनि धर्मकर्म असल कार्य बलि भाकल त्यो पनि देविदेवताको मन्दिरमा हो भनेर चुपचाप बस्न सक्नुहुन्छ ?! अनि देवी देवताका मन्दिर नै ज्यानमार्ने स्थालका रुपमा प्रयोगमा ल्याइएपछि निर्धा सोझा दुखी पीडित कठै बरा बिचरालाई सेवा सहयोग दान दया गर्ने वा त्यस्तै भावको प्रेरणा लिने ठाउँचाहिँ कहाँ हो ?!

अर्को कुरा मठमन्दिरमा अबोला निरपराध सुन्दर पशुपन्छीको काटमार गरेर नै कसैको काम सफल हुन्छ भने त्यो अर्को हातको टपरी के का लागि अनि मानवजातिले युगौंदेखि गरिआएको अनेक मिहिनेत, अनेक अनुसन्धान, अनेक ज्ञानको खोजी, अनेक सोच, निर्माण संरक्षणका कार्यकेके अ र्थ ?! साथै संसारकै महाबुद्धिमान प्राणी हुँ भनेर नाक फुलाउने मनुवाको बुद्दिमत्ता यसरी नै देखिने हो त ? मैले त केही बुझिन । लौ न हजुर मेरो चित्त बुझाइदिनुस् ।
कालो बोको डोर्‍याउँदै लहरमा उभिने व्यक्ति बिना बोली बिना वचन लहर छोडेर पछाडितिर लागेकोमात्र देखियो ।

०००
२०८३ जेठ १७
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x