साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार खित्कौली

बलवीरः किन एउटा मात्र छोरा पाएको ? अरु पाउनुपर्दैन। वीरबलः तिम्रा तीनवटा छोरा भएर के पाएका छौ र ? एउटा जँड्याहा, अर्को गँजेडी, अर्को खै के, खै के ?

Nepal Telecom ad

अमर अधिकारी ‘कीर्तिमानी’ :

(प्रज्ञाप्रतिष्ठानको लेखनाथ हलमा दुई स्रष्टा भेट भएपछि)
पहिलो स्रष्टाः उताको हलको कार्यक्रममा लगाएको खादा र रुद्राक्ष माला लगाएर यो हलमा किन पस्नुभाको?

दोस्रो स्रष्टाः यो देखेर यता पनि लगाइदेलान् कि भनेर नि!

(मन्दिर छेउँमा दुई भक्त भेट भएपछि)
नारायणः हैन, कति धेरै चन्दन घस्नुहुन्छ त्यो निधारमा ?

हरीः घस्नु परेन त? बाहिरबाहिर धर्म गर्ने घरभित्र पाप गर्ने भएपछि। समाजलाई देखाउनुपर्‍यो नि त- ‘यो मान्छेले धर्म गर्दोरहेछ’ भनेर।

(बा घरमा बस्दाबस्दा दिक्क लागेपछि)

बाउः ए छोरा, मलाई पेनड्राइभ बोलाइदे त! भतिजोकोमा जानुपर्‍यो।

छोराः कहाँ पेनड्राइभ भन्नुभाको ? इनड्राइभ भन्नुस् न बा !

बाउः जे भने नि तैँले बुझे त भैगो नि छोरा !

(दुई साथीसाथी चौतारीमा गफमा)
बलवीरः किन एउटा मात्र छोरा पाएको ? अरु पाउनुपर्दैन।

वीरबलः तिम्रा तीनवटा छोरा भएर के पाएका छौ र ? एउटा जँड्याहा, अर्को गँजेडी, अर्को खै के, खै के ?

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x