अमर अधिकारीचार खित्कौली
भतिजोले अस्ट्रेलियाबाट पठाइदिएको आइफोन गोजीबाट खस्यो, त्यसैलाई समाउँछु भनेर ओभरटेक गर्दा लडेको नि !

अमर अधिकारी :
(टोलमा नयाँ मान्छे आएपछि)
आगन्तुकः यो टोलमा पिनालुको घर कुन होला ?
चिया पसलेः ख्वै ! पिनालु पनि मान्छेको नाम हुन्छ र ? हाम्रोतिर त पिँडालुलाई पिनालु भनिन्छ।
आगन्तुकः उहाँको पूरा नाम पिताम्बर नाथ लुइँटेल हो के ! हतार भएर मैले पिनालु भनेको। नर नाथ लुइँटेल दाजुको भाइ पर्ने।
१
(एकजना ग्राहक रेस्टुरेन्टमा पसेपछि)
ग्राहकः के छ भाइ, भोक मेट्ने खानेकुरा ?
वेटरः मेनु ल्याउँ हजुर ?
ग्राहकः प्लेटको कति हो नि मेनु ? पख ! पहिले गोजी छाम्नुपर्छ।
२
(पार्कमा प्रेमी-प्रेमिका गफिँदै गर्दा प्रेमीले जिस्काएपछि)
प्रेमिकाः ऐले मार्दिन्छु अनि !
प्रेमीः मलाई मारेपछि कसलाई प्रेमी भन्छ्यौँ नि ?
३
(डालेघाँस काट्दाकाट्दै रुखबाट खसेपछि)
रमेशः किन हो नि रुखबाट खसेको ? हाँगा राम्ररी समाउनुपर्थ्यो !
उमेशः भतिजोले अस्ट्रेलियाबाट पठाइदिएको आइफोन गोजीबाट खस्यो, त्यसैलाई समाउँछु भनेर ओभरटेक गर्दा लडेको नि !
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest




































