साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नसम्झ सासू, किन बन्दिनन् मुमा ?

अनेक सङ्घर्ष गरी सदाशय । हटाउँदै आलयभित्रका भय।। बुझाउने कर्म वधू,समक्षमा। नसम्झ सासू किन बन्दिनन् मुमा ?।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

सबै बुहारी सुन ज्ञानका कुरा ।
नठान हुन् गन्थन यी सबै झुरा ।।
मुमा र सासू बुझ एकसाथमा ।
नसम्झ सासू , किन बन्दिनन् मुमा ?१।।

विवेक राम्रो नहुँदा यदाकदा ।
छ भेद जस्तो घरबारमा सदा ।।
समानता स्नेह दिने तमाममा।
नसम्झ सासू , किन बन्दिनन् मुमा ?२।।

बनाउनू है दुलही खुसी मन।
नमान सन्ताप कतै कुनै दिन ।।
सबै बुहारी घरका रमा उमा ।
नसम्झ सासू किन बन्दिनन् मुमा ?।।३।।

बनी, बुहारी घरमा परिश्रम ।
गरेर सासू बनिने हुँदा क्रम ।।
समान माया रहने तमाममा।
नसम्झ सासू किन बन्दिनन् मुमा ?।।४।।

अनेक सङ्घर्ष गरी सदाशय ।
हटाउँदै आलयभित्रका भय।।
बुझाउने कर्म वधू,समक्षमा।
नसम्झ सासू किन बन्दिनन् मुमा ?।।५।।

उदात्त सत्चित्त लिई भएजति।
सिकाउँदै पूर्वकला सुसंस्कृति।।
चिनाउने लाेक तथा समाजमा।
नसम्झ सासू किन बन्दिनन् मुमा ?।।६।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x