साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उस्तै हुँदैनन् सब

फाले ज्यान लडेर राज्यसँग जो, लोक्तन्त्रको खातिर नेता भ्रष्ट भए र पो त जनको, धोका भयो आखिर। हाम्रो हैन बुझौँ कुरा सबजना, राम्रो चुनै है अब हेरौँ शुद्ध सफा पवित्र मनको, उस्तै हुँदैनन् सब।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

पाटीको भरमा परेर बसियो, मिल्नेछ मौका भनी
आसै आस बिते सबै दिनहरू, भेटेन केही पनि।
बाठाले सबथोक लुट्दछ यहाँ, भोकै सिधा मर्दछ
मौका मिल्छ सधै उहीँ चतुरको,जो पाउमा पर्दछ।।

आशा गर्न हुँदैन रैछ भुल भो, आशा निराशा भयो
आशै आश गरेर जीवन पुरै, आधा बुढाे भै गयो।
नेतानै सबथोक हो भनिकनै, बोकेर झोला बित्यो
मैले जीवनमा गरे जति सबै, सन्तानले पो सिक्यो।।

छोरो लठ्ठु भयो गयो पछिपछी, झोला समाईकन
हालौँ भोट कहाँ छ कोर गतिलो, लाग्दैन हाल्ने मन।
देखे भ्रष्ट सबै यिनै नजरले, कस्को भरोशा गरौँ
छोडी गाउँ कतै अरू मुलुकमा, लाग्दैछ बस्ती सरौँ।

खाने अन्न जुटेन यो मुलुकमा, बाँझो छ धर्ती सबै
भोको पेट कसेर बाहिर हिँडे, छोरा र छोरी कठै।
कोही सौदि पुगे कमाउन भनी, कोही पुगे भारत
कोही छैन यहाँ युवा र युवती, कुर्छन् बुढाले घर।।

फाले ज्यान लडेर राज्यसँग जो, लोक्तन्त्रको खातिर
नेता भ्रष्ट भए र पो त जनको, धोका भयो आखिर।
हाम्रो हैन बुझौँ कुरा सबजना, राम्रो चुनै है अब
हेरौँ शुद्ध सफा पवित्र मनको, उस्तै हुँदैनन् सब।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x