बालकृष्ण खनालताली बजाउँदछन्
जिम्मेवार बनौँ विकास पथमा, सङ्गत छोडाैँ मुर्खको। ब्वाँसो हैछ बथानमा नचिनिने, बाख्रो बनेको थियो। जन्ताको मनमा बसेर जसले, घोचेर पीडा दियो।।

बालकृष्ण खनाल :
अन्धाले रङ रोज्छ हत हलुका, पारेर छामी कन।
लङ्डोले दगुरी पुगेर पहिला, उफ्रन्छ माथी झन।।
लाटो भाषण गर्छ सुन्छ जनता, ताली बजाई कन।
बुझ्दैनन् किन हो कुरा अझ पनी, भेडा हुँदैछन् जन।।
पर्छन् मख्ख बरा अजान जनता, भाषण गरेको सुनी।
आऊँछन् जब गाउँमा मतलवी, गर्छन् कुरा मन छुनी।।
बन्छन् भ्रष्ट सबै पुगे सदनमा, बाँकी छ को लौ भन।
जान्छन् युद्ध लडेर जो सदनमा, खान्छन् मिलाई कन।।
गर्दैनन् झगडा पुगे सदनमा, मैदानमा लड्दछन्।
जान्छन् देश विदेश घुम्न भनि जो, भत्ता पचाऊँदछन्
नेताले जनको बिना मतलबै, आशा जगाऊँदछन्।
नेता भ्रष्ट हुँदा समेत जनता, ताली बजाऊँदछन्।।
दासी छन् सबका सबै जनहरू, जो भ्रष्ट हो ऊसको।
दागी छन् सबका सबै सदनमा, चोखो भनेको छ को।।
जनता हुस्सु भए र पो सदनमा, जो भ्रष्ट हो गयो।
जन्ता नै नहुँदा सचेत अझ नी, यो देश नाङ्गो भयो।।
जागौँ हो अब ता ढिला हुन गयो, लाली चड्यो पूर्बमा।
जिम्मेवार बनौ विकास पथमा, सङ्गत छोडाैँ मुर्खको।
ब्वाँसो हैछ बथानमा नचिनिने, बाख्रो बनेको थियो।
जन्ताको मनमा बसेर जसले, घोचेर पीडा दियो।।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest







































