साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ताली बजाउँदछन्

जिम्मेवार बनौँ विकास पथमा, सङ्गत छोडाैँ मुर्खको। ब्वाँसो हैछ बथानमा नचिनिने, बाख्रो बनेको थियो। जन्ताको मनमा बसेर जसले, घोचेर पीडा दियो।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

अन्धाले रङ रोज्छ हत हलुका, पारेर छामी कन।
लङ्डोले दगुरी पुगेर पहिला, उफ्रन्छ  माथी झन।।
लाटो भाषण गर्छ सुन्छ जनता, ताली बजाई कन।
बुझ्दैनन् किन हो कुरा अझ पनी, भेडा हुँदैछन् जन।।

पर्छन् मख्ख बरा अजान जनता, भाषण गरेको सुनी।
आऊँछन् जब गाउँमा मतलवी, गर्छन् कुरा मन छुनी।।
बन्छन् भ्रष्ट सबै पुगे सदनमा, बाँकी छ को लौ भन।
जान्छन् युद्ध लडेर जो सदनमा, खान्छन् मिलाई कन।।

गर्दैनन् झगडा पुगे सदनमा, मैदानमा लड्दछन्।
जान्छन् देश विदेश घुम्न भनि जो, भत्ता पचाऊँदछन्
नेताले जनको बिना मतलबै, आशा जगाऊँदछन्।
नेता भ्रष्ट हुँदा समेत जनता, ताली बजाऊँदछन्।।

दासी छन् सबका सबै जनहरू, जो भ्रष्ट हो ऊसको।
दागी छन् सबका सबै सदनमा, चोखो भनेको छ को।।
जनता हुस्सु भए र पो सदनमा, जो भ्रष्ट हो गयो।
जन्ता नै नहुँदा सचेत अझ नी, यो देश नाङ्गो भयो।।

जागौँ हो अब ता ढिला हुन गयो, लाली चड्यो पूर्बमा।
जिम्मेवार बनौ विकास पथमा, सङ्गत छोडाैँ मुर्खको।
ब्वाँसो हैछ बथानमा नचिनिने, बाख्रो बनेको थियो।
जन्ताको मनमा बसेर जसले, घोचेर पीडा दियो।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
गुनासो

गुनासो

हेमराज पन्त
सावधान ए निर्दयी समय !

सावधान ए निर्दयी समय...

अनिता काेइराला
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x