साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कार छनौट समितिको बैठक

हस्ताक्षर गरिएकाे ढड्डामा सायद यस्ताे बेहाेरा लेखिएकाे हुनुपर्छ- ....छनाैट समितिकाे बैठककाे निर्णयअनुसार यस वर्ष फलानाे पुरस्कार फलानालाई दिने सिफारिस गरियाे... ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

संयोजकले सदस्य क लाई आफ्नो राय दिन आग्रह गरे । सदस्य क ले भने गतवर्ष हाम्रो पालिकामा बसेर साहित्य सिर्जना गरेकाहरूमध्ये पल्लो पाखाका सर्जकलाई पुरस्कृत गर्नु राम्रो हुन्छ । पुरस्कृत गर्नुका मूल आधार भनेका पुरस्कार छनौट समितिमा हामी सातजनामध्ये तीनजनाको त ती नाताले भेट्ने व्यक्ति हुन् । अनि विगतका केहि वर्ष सदरमुकामतिर आयोजित साहित्यिक कार्यक्रममा सँगै जाँदाखेरि कम्तीमा पाँचपटक त उनैले हाम्रोसमेत गाडीभाडा तिरेका थिए ।

त्यसपछि सदस्य ख ले आफ्नो भनाइ राख्ने पालो पाए । उनले भने- मेरो बिचारमा यसपालि हामीले दिने पुरस्कार त्यो टारको बीचमा घर भएका सर्जकलाई दिनु उपयुक्त हुन्छ । किनभने कतिपय साहित्यिक कार्यक्रमहरूमा जाँदा उनले हामीलाई उनको आफ्नै गाडीमा लैजाने ल्याउने, गाडीभित्र सूर्ती खैनी समेत उनैले किनेर ख्वाउने गरेका छन् ।

अबको पालोमा बोले सदस्य ग- त्यसो होइन यसपालिको हाम्रो साहित्य संस्थाले दिने पुरस्कार उतापटि खोलाको किनारबासी श्रष्टालाई दिनु राम्रो हुन्छ । उनले परारसाल आफ्नै जीवनीजस्तै गरि लेखेको पुस्तक “कवाडी सर्जक” चर्चित पनि भयो । उनले मेरै दबाबमा परेर खुशी हुँदै मलाई नै त्यो किताबको भूमिका लेख्न दिए र त्यसबापत मेरै इच्छा अनुसार केही हजार रुपैयाँ समेत मलाई दिए । अर्को कुरो हाम्रा मूल अध्यक्षको अत्यन्त भित्री सल्लाह बमोजिम हामीले अनेक भाउँतो खडा गरेपछि उनको किताब यहिँ हामीबाटै बिमोचन गराई हामीलाई चियानास्ता समेत मिलाएका थिए ।

सदस्य घ के कम थिए र ? उनले पनि बोल्ने पालोको सदुपयोग गरे- हाम्रो संस्थाका मूल अध्यक्ष, उपाध्यक्ष, सल्लाहकार आदिको अनुभव समेत मैले बुझ्ने मौका पाएको थिएँ । त्यस अनुसार मूल अध्यक्षको घरमै बिनाकाम धाएको धायै गर्ने, अतिसारै पाउ मोल्ने, सँगै बसेर यस्सो बेलुकाखेरी हरियो पर्दाभित्र साथी बन्ने, अध्यक्षले जे जति खत्तम कार्यहरू जहिलेदेखि गरे पनि त्यसलाई बस्त्रमुक्त व्यवहारले प्रशंसा गर्ने, आफैं अनेक जालझेल गरि निस्कनैलागेका पुस्तकहरूल्याई अध्यक्षका हजुरमा जाहेर गरि साहित्यमार्फत निचतम झोलखर्चको जोहो गर्न सहयोग गरिरहने त्यो सानो खोल्सो वारि बस्ने सर्जकलाई पुरस्कृत गर्नु एकदम उपयुक्त हुन्छ ।

सदस्य ङ त झन नाकमै थोप्लो भएका पछि हट्ने त कुरै भएन । उनले भने- हाम्रो त संस्था नै यो पालिकाका प्रमुखले आफूजस्तै झोलेझाम्टे भन्ने बुझेर राणाकालिन पजनिको शैलीमा खल्तिबाट नाम झिकी, लगाइदिएर पदको टिकि हामीले यसरी वस्तिको हैन वनको महाराजाले जस्तै गरि साहित्यमा शासन चलाउन पाएका छौँ । आफ्नो महान हैकम मनपरी गर्दै एक दुई वटा कार्यक्रम र बैठक गरेजस्तो देखाएर लाखौंको बजेट प्रयोग गर्न पाएका छौँ । कहिँकतैबाट न उजुरी, न छानबिन, क्या गज्जब भएको छ । भने हामप्ले पुरस्कारको निर्णय गर्दा ती पालिका प्रमुखलाई बेवास्ता गर्न मिल्दैन । कुनै पुस्तक लेखे पनि नलेखे पनि हाम्रो अन्नदाता भाग्य विधाताको कुनै नातागोता आउरेबाउरे चम्चेधुपौरेलाई छानेर पुरस्कृत गर्नु मनासिब हुन्छ ।

एकछिन सबै मुखामुख गर्छन् । एकजनाले एउटा ढड्डामा केही लेख्छन् अनि पुरस्कार छनौट समितिका सबैले पालैपालो त्यसैमा हस्ताक्षर गर्छन् । हस्ताक्षर गरिएकाे ढड्डामा सायद यस्ताे बेहाेरा लेखिएकाे हुनुपर्छ- ….छनाैट समितिकाे बैठककाे निर्णयअनुसार यस वर्ष फलानाे पुरस्कार फलानालाई दिने सिफारिस गरियाे… ।

०००
२०८३ जेठ २९
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x