साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तिम निर्णय

जनतामारा नातावाद कृपावादमा खुशी हुने, झोले झाम्टे जस्ता कोही कसैसँग पनि सम्बन्ध जोडेर हामीजस्ता सोझा सद्देले इज्जत फाल्नुहुन्न ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

अँ हँ त्यस्ती केटीसित त म बिहे गर्दैगर्दिन केटोले भन्यो । आमाले सम्झाउने प्रयास गरिन् – तैँले के भनेको बाबू त्यस्तो । आजकलको समयमा को जाँदैन र विदेश ? दुनियाँ गाकाछन् । त्यसैगरी त्यो केटी पनि गाकी रैछ ।

विदेशमा कमाई राम्रो छ रे । अहिले त आफूले बिहे गरेर बहिनीका लागि बाटो खोल्दिन मात्र आकी हो रे । उसका बाबुआमालाई तीन महिना उतै लगेर घुमाएर पठाएकी हो रे । दुनियाँ विदेश जाने कमाउने भनेर मरिहत्ते गर्छन् । तँ पहिल्यै बाटो खाेलेकी त्यति राम्री केटी पाउँदा पनि किन हच्केको । यस्तो गर्नुहुँदैन । मौकाको सदुपयोग गर्नुपर्छ ।

केटोले भन्यो- हेर्नुस् आमा ! जसले यति राम्रो आफ्नो देशलाई लत्त्याई, जसले यहाँको चलन सँस्कार, बाबुआमा इष्ट मित्र सबैलाई छोडेर अलिकति पैसोको लागि वर्षौं पराइको नोकर हुन जान सक्छे भने भोलि मलाई चाहिँ त्यही पैसोको लोभमा छोड्दिन भन्ने के छ ?

त्यहिभएर त्यो केटीमात्र होइन विदेशमा स्वाभिमान बेच्ने, यहाँका घुस्याहा, ठग, कमिसन खोर चाकरी चाप्लुसीमा रमाउने, जनतामारा नातावाद कृपावादमा खुशी हुने, झोले झाम्टे जस्ता कोही कसैसँग पनि सम्बन्ध जोडेर हामीजस्ता सोझा सद्देले इज्जत फाल्नुहुन्न ।

बरू बेस्सरी दुःख गरेर बिहान बेलुकाको छाक टार्ने तर कुनै पनि तरिकाले देश समाज सभ्यता कोहि कसैलाई पनि नसताउने असल बेहोराका मान्छेसँग जोडिनुपर्छ । मेरो अन्तिम निर्णय यहि हो ।

०००
२०८३ असार १६
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
0
Would love your thoughts, please comment.x
()
x