बालकृष्ण खनाललेखेर के हुन्छ र ?
माया छैन तलाइ यो मुलुकको, कालो छ तेरो मन। बेची यो बनसम्पदा समरको कुम्ल्याउँदैछस् धन।।

बालकृष्ण खनाल :
भोकाछन् जनता कमाइ नहुदा, मिल्दैन आटोपिठो।
दाना छैन अनाज एक घरमा, उग्लेछ बनको गिठो।।
छोरो छैन गयो कमाउन भनी, डुल्छिन् बुहारी पर।
यी साना शिशुको बनाइ टुहुरो, छोडेर एक्लै घर।।
खोलाको तिरमा लुकेर बसने, सानो कटेरो थियो।
आयो डोजरले बिना खबरनै गर्ल्याम्म ढाली दियो।।
खोज्छन् यी बिचरा अनाथ शिशुले, बस्ने गरेको घर।
यो आवाज कहाँ लडाइँ नगरी, सरकारले सुन्छ र।।
दिन्छन् दु:ख सधै बिना कसुरमा साम्राज्यवादीहरू।
को चिन्दैन दलाल यो मुलुकको, धेरै कुरा के गरू।।
आयो देव बनेर रामको रुपधरी, गर्दैछ जो मनपरी।
केही गर्न दिदैन काम पनि यो, बाँचौ यहाँ केगरी।।
बाटोको डिलमा फिजाइ फल फूल, बेचेर खाए हिजो।
आयो दुष्ट नया बिना कसुरमै कुल्चेर फ्याँकी दियो।।
बस्ने बास समेत छैन अबता, जाने कहाँ हो अब।
यो अन्याय सहौकती घरिघरी, जागौँ युवा हो सब।।
लेख्नैपर्छ भने विलम्म नगरी, लेखौ रगतले अब।
मान्दैनौ डर मर्नको शहिदभै मर्छौ सबैका सब।।
माया छैन तलाइ यो मुलुकको, कालो छ तेरो मन।
बेची यो बनसम्पदा समरको कुम्ल्याउँदैछस् धन।।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest







































