बालकृष्ण खनालजुन् तन्त्र ल्याए पनि
जागेनन् जनता अझै पनि यहाँ, जत्ती जगाए पनि। जस्ले ज्ञन दियो उही मनुजको, भन्छन् कमारो भनी। चिन्दैनन् जनता भला मनुजको, जो बोल्छ साँचो सधै। जस्ले गर्छ कुरा झुटा हरघडी, लाग्छन् पछाडी अझै।।
बालकृष्ण खनाल :
माटोमा पसिना मिसाउनसके, फल्ला हिरा सुन्दर।
भावीको भरमा परेर बसदा, सित्तै त के मिल्छ र।।
पानीमा पसिना मिसाउनसके, बल्नेछ बत्ती जहाँ।
हाम्रो देश समान स्वर्गसरिको, भेटिन्छ अर्को कहाँ।।
केही छैन कमी सबैछ छनता, जाँगर चलाए पछि।
थोरै दु:ख गरे त मिन्छ मनको, मिल्दैन खाली बसि।।
यो हो स्वर्ग पुरी हिमाल मुनिको, बस्छन् यहाँ देवता।
यो भन्दा असली नखोज जनहो, खोजेर जान्छौ कता।।
पानी मात्र पिएर बाँच्न सकिने,हो देश नेपालयो।
शासकले गरदा सधासरवदा,यो देश कङ्गाल भो।।
सोझाछन् जनता पबित्र मनका, विस्वास गर्छन् सधै।
पापी शासकले भुलाइ जनको, झुक्याउँदैछन् अझै।।
जागेनन् जनता अझै पनि यहाँ, जत्ती जगाए पनि।
जस्ले ज्ञन दियो उही मनुजको, भन्छन् कमारो भनी।
चिन्दैनन् जनता भला मनुजको, जो बोल्छ साँचो सधै।
जस्ले गर्छ कुरा झुटा हरघडी, लाग्छन् पछाडी अझै।।
भेँडा छन् जनता अझै पनि कठै, भन्थे गणेसमानले।
दिन्छन् भोट अझै उनै मनुजको, गर्छन् उनै शानले।।
त्यसैले त यहाँ उहीँ छ अघुवा, जुन् तन्त्र आए पनि।
भन्छन् यो गणतन्त्र हो भनिकनै, खान्छन् रजौटा बनी।।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest







































