जीवन ‘पीडित’ दाहालविधान
"आफूले रमाइलो गर्न र खुशी हुन पनि धर्मसँग अनुमति माग्नुपर्छ र आमा ?"-निरीह छोरीको निरीह प्रश्न थियो ।

जीवन दाहाल :
हिजो छिमेकीका घरमा खेलेको भैलीमा केही समय रमाउन पाएकी एउटी सानी केटी आफ्ना घरमा भनें रमाउन पाइन ।
कारण
भैली खेल्ने कुनै समूहले झुक्किएर पनि उसको आँगन टेकेनन् ।
आज पनि तल्लो घरमा देउसी खेलेर आफ्नो घरमा नछिरी देउसेहरु माथ्ला घरतिर लागेको देखेर खिन्न हुँदै आमालाई सोधी-“मामू, हिजो भैली खेल्नेहरु जस्तै आज देउसी खेल्नेहरु पनि मगरको घरमा खेली सकेर हाम्रो घरमा नखेली किन बाउनका घरतिर ग’का ?”
हाम्रा घरमा खेल्न हुँदैन नि त, त्यसैले ।
“किन हुँदैन आमा ? हामी पनि याक्थुम्बा नै होइनौं र ?”-छोरीले चित्त बुझाइन ।
“हुन हो नानी तर हाम्रो धर्म अर्कै भएकाले हाम्रो धर्मले यी हिन्दु (सैतान)चाडबाड मनाउने अनुमती दिँदैन नि त, त्यसैले”-आमाले सम्झाउने कोसिस गरिन् ।
“आफूले रमाइलो गर्न र खुशी हुन पनि धर्मसँग अनुमति माग्नुपर्छ र आमा ?”-निरीह छोरीको निरीह प्रश्न थियो ।
०००
झापा
Subscribe
Login
0 Comments
Oldest








































