साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बजेट

मेरो कुरा सुनेर उसले मुख निन्याउरो बनायो । अनुहार निन्याउरो बनाउनुको कारण चैँ मैले दुईसय रुपैयाँमात्र गर्दुवा हालेँ भनेर थियो कि उसैको लाँलच एक्सपोज भयो भनेर थियो पत्ता पाउन सकिनँ ।

Nepal Telecom ad

जीवन दाहाल :

छोरीको विवाह सकिएको अर्को हप्ता फेरि उनीसँग भेट भयो ।
यताउताका कुरा सकिएपछि मैले विवाहको प्रसङ्ग निकाल्दै भनेँ- “जे होस् पार्टी चैँ भव्य दिनु भो तपाईंले । प्रसन्न देखिन्थे निम्तालुहरू ।”

मैले उनलाई फुर्क्याएको होइन साँच्चै भन्नुपर्दा मैले उपस्थिति जनाएका र मलाई भव्य लागेका गोडा चारेक पार्टीहरू मध्येको एउटा पार्टी थियो उनले दिएको । उनले दिल फुकाएरै खर्च गरेका थिए भोजमा अनि मेरो भनाइ पनि साँच्चैकाे थियो पनि ।

“अरु त त्यस्तै हो तर कसले हो कुन्नि, पच्चिस सय रुप्याँ प्लेटको खाना खाएर खाममा चैँ दुई सय रुप्याँ हालेछ यार लाजमर्दो ।” -उसले अज्ञात निम्तालुप्रति रोष तथा व्यङ्ग्य गर्दै उपेक्षाको हाँसो हाँस्यो ।

“ए दुईसय मात्र हाल्ने मान्छे ? त्यो पनि रातो खाममा होला होइन ?” मात्र मैले के भनेको थिएँ उसले- “हो ! हो !” -गर्दै उत्सुकता देखायो मैले चिनाइ दिनसक्ने  भएँ भन्ने आशामा ।

“मैले हो ।”- मैले निसंकोच उतर दिएँ ।

मेरा कठिनाइ यस्ता थिए,
हजार रुपैयाँको मात्र बजेट ।
मंसिर महिनाको अन्तिम हप्ताको छोटो दिन, अँध्यारो भएपछिमात्र शुरु हुने पार्टी ।
पार्टीस्थल ललितपुर, सातदोबाटो, जानुपर्ने मैतिदेवी, काठमाडौंबाट ।
पार्टी शुरु नहुँदै बसमा गएर चौरमा खर्किने कुरो भएन, आउँदा ट्याक्सीले चारसय चप्काइ हाल्यो,
फर्कन पनि चार सय नै चाहिने भो ।
उब्रिने भो दुईसय ।

लगानी त मैले हजारै गरेको हुँ नि होइन र ?

मेरो कुरा सुनेर उसले मुख निन्याउरो बनायो । अनुहार निन्याउरो बनाउनुको कारण चैँ मैले दुईसय रुपैयाँमात्र गर्दुवा हालेँ भनेर थियो कि उसैको लालच एक्सपोज भयो भनेर थियो पत्ता पाउन सकिनँ ।

०००
गौरादह-७, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x