साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अठार वर्षे भाव

बिहानबिहानै पत्रिका बेच्दै हिँडेको देख्छन् रे मेरो भविष्य लमजुङको लामे गाउँमा लामो समयसम्म हलीको काम गरेको देख्छन् रे मेरो भविष्य रत्नपार्क, भोटाहिटी, जौँ जौँ भन्दै हिँडेको देख्छन् रे मेरो भविष्य ।

Nepal Telecom ad

विज्ञान त्रिपाठी :

परिवारकै कठोर आशा
म बिस्तारै बिस्तारै बल्ल तल्ल हुर्किएँ,
खाना खान्न ! भनी कैयौँ पल्ट घुर्किएँ,
आमा, बुवा, हजुरबुबाको मायामा फुर्किएँ,
उहाँहरूकै निम्ति अँध्यारो रातपछिको
सूर्यको प्रकाशझैँ झुल्किएँ

हल्लिएरै आमाको पछ्यौरीमै बसेर
जीवन चलाउँछु भन्ने म
बल्ल पो संसार हेर्न पुगेछु
ममतैममतामा हुर्किएको म
के थाहा ?
बल्ल पो यो कुटिल संसारमा
खुट्टा टेक्न थालेछु ।

बल्ल तल्ल हुर्किएको म
आफूलाई कोहिनुरझैँ अमूल्य मान्थेँ
आफूलाई कहीँ नभएको बाघ नै ठान्थेँ
मै ज्ञान, विज्ञान ठानी आकाश नै छुन थाल्थेँ
समग्रमा भन्नुपर्दा म आफूलाई शीर्ष स्थानमै राख्थेँ ।

१६ वर्षे सकी व्यवहार सिक्दै गएको म
बिस्तारै जीवनले ठूलो पाठ सिकायो,
म भित्रको त्यो बाघलाई मुसा नै बनायो
कुम्भकर्णझैं  आफूलाई गुणी भनी मोहित भएको मेरो
हृदयमा कुवाको चिसो पानीनै खन्यायो ।

तर कहाँ हुन्थ्यो र मानेका, ठानेका, सोचेका जति सबै
राम्रो काम गर्न जाँदा बाहिरबाट चाहिँ लहै लहै
भित्र भित्रै डाहले भुतुक्कै सबै
तर बल्ल पो थाहा भयो
आफ्नाले पनि ढाडमा छुरा घोप्द रैछन्
अन्तिममा आई गिर्गिटझैँ
आफ्नो रङ्ग फेर्दारैछन् ।
पहिला त चरालाई चारा छरेझैँ
मायाको दानो छर्दा रैछन्
पछि त्यहीँ दानोमा विष मिसाइ
तड्पाइतड्पाई मार्दा रैछन् ।

अब आफ्नो भविष्यको बारेमा सोच्ने बेला भयो
अठार वर्षे अल्लारे ठिटो म भन्ने उमेर पनि गयो
यसो नियालेर अरु हेर्दा रैछन्
मेरो भविष्य र भन्छन्
औँसीको रातको अन्धकारझैँ देख्छन रे,
मेरो भविष्य बिहानबिहानै पत्रिका बेच्दै हिँडेको देख्छन् रे
मेरो भविष्य लमजुङको लामे गाउँमा
लामो समयसम्म हलीको काम गरेको देख्छन् रे
मेरो भविष्य
रत्नपार्क, भोटाहिटी, जौँ जौँ भन्दै हिँडेको देख्छन् रे मेरो भविष्य ।

तर, तर पृथ्वी गोलो छ सबैको पालो अवश्य आउँछ
र मलाई विश्वास छ
त्यो औँसीको रातको अन्धकार पछिको सूर्यको किरण बनी
यो अठार वर्षे ठिटो सबैतिर छाउँछ ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आच्छु कस्तो जाडो

आच्छु कस्तो जाडो

विज्ञान त्रिपाठी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x