सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मलामी

हाम्रा केटाहरू- उनीहरूको छोराबुहारी विदेशमा कमाइ गरेर बस्ने, महङ्गी यस्तो बढेको छ अब दुई हजारभन्दा कममा मलामी जान सकिन्न भन्छन् ।

Nepal Telecom ad

आर.सी. रिजाल :

सावित्री बज्यैले पति चिरञ्जीवी बुढालाई बिहान चिया पिउन उठ्नुस् भनेर घचघच्याउँदा सिताङ्ग भएको चाल पाइनन् र आँगनमा आएर रुँदै छिमेकीलाई गुहार्न लागिन् ।

चारपाँच जना बुढाबुढी जम्मा भए । एकजनाले नाडी छामेर- ल स्वर्गबास भएछ । लाशलाई तुलसीको मोठमा लगेर राखौँ भने । अर्कोले – जिउँदोमा भन्दा मरेको मान्छे गह्रुङ्गो हुन्छ । लाश बाहिर निकाल्न हामी वृद्धले सक्त्तैनौँ । गाउँमा लाठे भन्नू पुछारको ठुलो कान्छा र खोरण्डे माइला मात्र छन्, बोलाउन पर्‍यो भने । वल्लोपल्लो घरका बुहारी केटाकेटी पनि जम्मा भइसकेका थिए । एउटी बुहारीले खोरण्डे दाइको मोबाइल नम्बर मलाई थाहा छ, म दुवैजनालाई बोलाउँछु भनिन् ।

यता बुढाहरू ढोबाडी खोलामा चिताको बन्दोबस्त गर्न २/३ जना अगाडि नै जानुपर्छ भन्दै छ्न् । बुढीहरू सावित्रीलाई सम्झाउँदै छन् । यत्तिकैमा खोरण्डे र ठुलो कान्छा आएर लाशलाई बाहिर तुलसीको मोठमा पुर्‍याउँछन् । छिमेकीले खाडी मुलकमा रहेका छोराहरूसँग कुरा गर्छन् । तत्काल उनीहरू आउन सम्भव नभएपछि गाउलेहरू दाहसंस्कारको मेसो मिलाउनतिर लाग्छन् ।

ठूलो कान्छाले पल्लो गाउँका ज्यामी नाइकेलाई- आज हाम्रो गाउँमा एकजना बित्नु भयो । गाउँका युवाहरू सारा छन् । मलामी जानपर्ने भयो । यो पुण्यकार्यमा सहयोग गर्नु पर्‍यो भाइ हो भने ।

उताबाट आज बेँसी साहुको घरमा जस्ता लगाउने काममा जाने निधो गरिसकेका छौँ । फेरि तपाईंको गाउँका मान्छेले मलामी ज्याला एक हजार दिन पनि किचकिच गर्छन् । हाम्रा केटाहरू- उनीहरूको छोराबुहारी विदेशमा कमाइ गरेर बस्ने, महङ्गी यस्तो बढेको छ अब दुई हजारभन्दा कममा मलामी जान सकिन्न भन्छन् । अझ त्यसमा खाजा खर्च छुट्टै माग्छन् भन्यो । ठूलो कान्छाले – ल यता कुरा गरेर तुरुन्त खबर गर्छु भन्यो ।

मलामी जाने युवाहरूको माग सुनेर यता बुढाहरूले कुरा काट्न शुरु गरे – कस्तो जमाना आयो ? विवाहमा बाजाको टोली भनेझैँ मलामीको पनि टोली गठन गरेछन् । ल सातजनाको टोलीलाई बीस हजारमा ठेक्का दिने भनेर कुरा टुङ्ग्याउनू ।

०००
हेटौंडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी