साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलामी

हाम्रा केटाहरू- उनीहरूको छोराबुहारी विदेशमा कमाइ गरेर बस्ने, महङ्गी यस्तो बढेको छ अब दुई हजारभन्दा कममा मलामी जान सकिन्न भन्छन् ।

Nepal Telecom ad

आर.सी. रिजाल :

सावित्री बज्यैले पति चिरञ्जीवी बुढालाई बिहान चिया पिउन उठ्नुस् भनेर घचघच्याउँदा सिताङ्ग भएको चाल पाइनन् र आँगनमा आएर रुँदै छिमेकीलाई गुहार्न लागिन् ।

चारपाँच जना बुढाबुढी जम्मा भए । एकजनाले नाडी छामेर- ल स्वर्गबास भएछ । लाशलाई तुलसीको मोठमा लगेर राखौँ भने । अर्कोले – जिउँदोमा भन्दा मरेको मान्छे गह्रुङ्गो हुन्छ । लाश बाहिर निकाल्न हामी वृद्धले सक्त्तैनौँ । गाउँमा लाठे भन्नू पुछारको ठुलो कान्छा र खोरण्डे माइला मात्र छन्, बोलाउन पर्‍यो भने । वल्लोपल्लो घरका बुहारी केटाकेटी पनि जम्मा भइसकेका थिए । एउटी बुहारीले खोरण्डे दाइको मोबाइल नम्बर मलाई थाहा छ, म दुवैजनालाई बोलाउँछु भनिन् ।

यता बुढाहरू ढोबाडी खोलामा चिताको बन्दोबस्त गर्न २/३ जना अगाडि नै जानुपर्छ भन्दै छ्न् । बुढीहरू सावित्रीलाई सम्झाउँदै छन् । यत्तिकैमा खोरण्डे र ठुलो कान्छा आएर लाशलाई बाहिर तुलसीको मोठमा पुर्‍याउँछन् । छिमेकीले खाडी मुलकमा रहेका छोराहरूसँग कुरा गर्छन् । तत्काल उनीहरू आउन सम्भव नभएपछि गाउलेहरू दाहसंस्कारको मेसो मिलाउनतिर लाग्छन् ।

ठूलो कान्छाले पल्लो गाउँका ज्यामी नाइकेलाई- आज हाम्रो गाउँमा एकजना बित्नु भयो । गाउँका युवाहरू सारा छन् । मलामी जानपर्ने भयो । यो पुण्यकार्यमा सहयोग गर्नु पर्‍यो भाइ हो भने ।

उताबाट आज बेँसी साहुको घरमा जस्ता लगाउने काममा जाने निधो गरिसकेका छौँ । फेरि तपाईंको गाउँका मान्छेले मलामी ज्याला एक हजार दिन पनि किचकिच गर्छन् । हाम्रा केटाहरू- उनीहरूको छोराबुहारी विदेशमा कमाइ गरेर बस्ने, महङ्गी यस्तो बढेको छ अब दुई हजारभन्दा कममा मलामी जान सकिन्न भन्छन् । अझ त्यसमा खाजा खर्च छुट्टै माग्छन् भन्यो । ठूलो कान्छाले – ल यता कुरा गरेर तुरुन्त खबर गर्छु भन्यो ।

मलामी जाने युवाहरूको माग सुनेर यता बुढाहरूले कुरा काट्न शुरु गरे – कस्तो जमाना आयो ? विवाहमा बाजाको टोली भनेझैँ मलामीको पनि टोली गठन गरेछन् । ल सातजनाको टोलीलाई बीस हजारमा ठेक्का दिने भनेर कुरा टुङ्ग्याउनू ।

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x