साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार ढाकछोप आयोग निर्माण

अब गठन गर्नै पर्‍यो सबैलाइ तर्साउन सक्ने स्रोत सबै मर्काउन सक्ने दुखेको घाउ अझ धेरै चर्काउन सक्ने आत्तिएकालाई थर्काउन सक्ने छिमेकी पोस्ने स्वदेशी सोस्ने ।

Nepal Telecom ad

श्रीधर लामिछाने :

भ्रष्टाचार, भ्रष्टाचार, भ्रष्टाचार
खबरदार, खबरदार, खबरदार
दुवैको नारा बराबर,
यी सबै झुट हुन् सरासर
एकदिन सरकारी सूचना निस्कियो ….
भ्रष्टाचार ढाकछोप आयोग बनिगो

किन ?

मन्त्रालय विभाग र सबै तहका सरकारको
काम भ्याइनभ्याई भयो रे
सफा सुग्गर काम गयो रे
के गर्ने त ?? भन्दा यस्तै विचार आयो रे
अनि अदुवा आयोग नि ??

त्यसको पनि अनुगमन त्यसको पनि रखवारी गर्नु पर्‍यो नि ..

अनि चाहिएन आयोग माथि आयोग
भरे त आयोग को छानबिन गर्न थप आयोग
हुन त रोजगारी सिर्जना गर्न त मद्दत भयो नि ?

कस्तो कुरा नबुझ्या होला
हे हरि…
त्यसैले यसपटक सरकार ले
अर्को यस्तो सृजनात्मक निणर्य गर्‍यो
जसले रोजगारी दिन्छ राम्रालाई चाहीँ हैन नि !

बरू हाम्रालाई
त्यसो भएर के भयो त
आखिर ती हाम्रा पनि त नेपाली नै त हुन् ।
के फरक पर्‍यो ?

सूचना निस्कने बित्तिक्कै सबै हाम्राले बिन्ती हालून्
कहाँ हाम्रा हजुरीमा;
भ्रष्टाचार बारे थाहा पाउने लाइ
अनुभवी र ज्ञान पाउनेलाई
कुन कुन ठाउँबाट कस्तो कस्तो
माल आउँछ राम्रो गोजी भरिन्छ हाम्रो ।

मूल फुट्छ,
सबै आफ्नालाई छुट छ
मूल धनको ज्ञान र अनुभव भएकालाई
नछुटून् है कोही पनि
सूचनाका मुलीहरूले सचेत गराए
अनि अर्कोले भन्यो
भ्रष्टाचारले देश खाइ सक्यो कसलाई थाहा छैन ?

हली, गोठाला, हरुवा, चरुवा
मजदुर, किसान जो जसको हुन्छ सधँै पिसान
सबै सबैले थाहा पाएकै छन्
अनि देशपति र परदेश पति
गाउँ पति र जिल्लापतिलाई चाहिँ थाहा छैन रे
त्यसैले त्यसको मूल जरो पत्तो पाउन
पाएको धन तह लाउन
त्यस्तो आयोग जसले सोझा साझाको वियोग गराउन सकोस्
जित्नु पर्नेलाई हराउन र हार्नु पर्नेलाई जिताउन सकोस्
खाली हाम्रो बन्धन बलियो भए पुग्छ
रिपोर्ट नाथे त हामीले बनाउने त हो
चर्को र गुलिया नारा लगाउन जानेकै छ
नभएको ऋण लिन जानेकै छ
संसारबाट ऋण तानेकै छ
त्यसले हाम्रो पुर्पुरोमा हानेकै छ
ए साँच्ची कता चिप्लिन पुगेछु म त
हरि विजोग भनेनी कन्ता विजोग भनेनी
सक्ने हाम्रै बन्धनले त हो अरु त कहाँ हो कहाँ हो ।

त्यसैले अब गठन गर्नै पर्‍यो
सबैलाइ तर्साउन सक्ने
स्रोत सबै मर्काउन सक्ने
दुखेको घाउ अझ धेरै चर्काउन सक्ने
आत्तिएकालाई थर्काउन सक्ने
छिमेकी पोस्ने
स्वदेशी सोस्ने
नसक्ने वैरीलाई
इट्टा भट्टामा ठोस्ने
त्यस्ता कुरा मा नै सुविख्यात
के काम गर्न भने
त्यै काम गर्न अनि थप चाहिँ
सके सम्म गहिराइमा पुगेर जरो पत्तो लाउने
सुनलाई पित्तल र पित्तललाई सुनसँग साट्ने
गफ भने ठुलो ठुलो छाँट्ने
यस्ता काम सजिलै आँटने
जनतालाई सजिलै ढाँटने
देशको ढुकुटी लुट्ने
लुट्न नसक्नेलाई कुट्ने
त्यसो पनि नभए सबैलाई
गोलीले भुट्ने
भुटे पनि आज पठायो
भोलि नै छुट्ने
यति राम्रो जब डिस्क्रिप्सन सहितको आयो विज्ञापन ।

मन्त्रालयमा गयो पत्र ज्ञापन
यस्तो आयोगको पनि आयोगको
को विज्ञापन ???
यत्ति भएपछि त कस्सो न आउला त
खाट्टी मान्छे… !
त्यो पनि आयोग को पनि आयोग बन्ने ???
मेरा खाँटी कुरा कस्तो लाग्यो ???

०००
काठमाडौं, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बुढ्यौली चिन्तन

बुढ्यौली चिन्तन

श्रीधर लामिछाने
बुढ्यौलीको सूचक र कर्म

बुढ्यौलीको सूचक र कर्म

श्रीधर लामिछाने
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x