श्रीधर लामिछानेबुढ्यौली चिन्तन
मोई, मठठा, सर्बत वा चिसो पनि पिऊँ । सकिन्छ भने काँक्रो, ककडी, मुला, मेवा, खर्बुजा, तर्बुजा जस्ता रसिला फलफुल प्रशस्त खाऊँ । गर्मी हुँदा नुहाउँदा पनि राम्रो नै भएको अनुभव मेरो छ ।
श्रीधर लामिछाने :
गर्मी बाट बच्ने दश शुत्र
गर्मीमा ज्येष्ठ नागरिकले होस गर्नु पर्ने कुरा
गर्मीले आम नागरिक लाइ असर गर्छ । त्यसमध्य बालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुन्छ ।
१) तराइ, भित्री मधेश, उपत्यकाहरूमा जन-जीवन नराम्रोसँग प्रभावित भएको छ । भारतका कैयन शहरहरूमा गर्मीमा मानिस हताहत भएको पनि सुन्नमा आइरहेको छ ।
२) गर्मीमा लू लग्न सक्छ । त्यसकारण यस्तो दुष्प्रभावबाट वच्न निम्न उपाय गरौँ गराऊँ ।
क) ठण्डा पानि प्रशस्त पिउने गरौँ ।
ख) काम नपरी घाममा ननिस्कौँ । निस्कनु पर्दा छाता लिएर निस्किऊँ । घाममा धेरै बेर नबसौँ ।
ग) बाहिर वस्नु पर्दा छहारीमा बसौँ ।
घ) पातलो र हल्का लुगा लगाऊँ ।
ङ) मोई, मठठा, सर्बत वा चिसो पनि पिऊँ ।
च) सकिन्छ भने काँक्रो, ककडी, मुला, मेवा, खर्बुजा, तर्बुजा जस्ता रसिला फलफुल प्रशस्त खाऊँ ।
छ) गर्मी हुँदा नुहाउँदा पनि राम्रो नै भएको अनुभव मेरो छ ।
ज) गर्मीमा रोगको सङ्क्रमण हुने हुँदा पानि उमालेर पिउने गरौँ ।
झ) बासी टासी नखाऊँ ।
ञ) सुत्दा झुल्को प्रयोग गरौँ । डेङ्गु फैलने पनि यहि बेला हो ।
०००
काठमाडौं



































श्रीघर सर, साह्रै काम लाग्ने ब्यवहारीक खुराक दिनु भयाे ।
धन्यबाद।