साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जेष्ठ नागरिकको मुख्य सवाल

सन्ततिको सहजताको लागि भनेर बाबु आमाले दुःख गरेर सम्पत्ति जम्मा गर्ने चलन अझ जारी छ । प्रयोग भने सकभर न्युन गर्ने पनि धेरै छन् । तर पछिल्लो अवस्थाको मध्यनजर गर्दा माता पिता ले दुःख गरेर कमाएको र कष्ट सहेर पनि सन्तानको सुखको लागि भनी साँचेको सम्पत्ति अब अलपत्र पर्ने हो कि भन्ने त्रास पर्न थालेको छ ।

Nepal Telecom ad

श्रीधर लामिछाने :

अनुत्तरित प्रश्न र उत्तरको खोजी
युवाहरूको बसाइँसराईले ज्येष्ठ नागरिकहरूमा परेको प्रभाव

उद्देश्य फरक होला तर नेपालको हरेक कुना काप्चा त्यस्तो छैन जहाँबाट युवा बसाईं नगएको होस् । कोही अस्थायी रूपमा गएका छन् त कोही मध्यम समयका लागि । कोही त लामो अझ त्यति मात्र हैन, जीवनभरका लागि नै गएका छन् ।

के पूर्व ? के पश्चिम ? के उत्तर ? के दक्षिण ? के पहाड ? के हिमाल ? के उपत्यका ? के तराई ? सबै ठाउँ का युवा बसाइँसराईमा गएका छन् । कोही पढाइको लागि । कोही जागिरको लागि । कोही सुख सुविधा बढी पाइन्छ भनेर गएका छन् । कोही श्रीमती र सन्तान सहित कोही आफू एक्लै । विशेष गरेर संसारको धनी मुलुक अमेरिका, बेलायत, अष्ट्रेलिया, स्पेन, इटाली, क्यानाडा, न्युजिल्याण्ड नर्वे, स्वीडेन, डेनमार्क, फिनल्याण्ड, जस्ता देशमा जानेहरू प्राय मिल्दा सम्म आजीवन बस्ने गरी नै गएका देखिन्छन् । विभिन्न कारणले नमिलेर फर्कने बाध्यतामा पर्ने बाहेक ।

जान सक्ने र हुने खाने अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड, युरोप, जापान, गएका छन् । हङकङ, सिंगापुर, कोरिया पुगेका छन् । त्यो भन्दा अलि कमजोर आर्थिक अवस्था भएका मध्यम वर्गीय व्यक्तिः चाइना, मलेसिया, अरबका मुलुकहरूमा रोजगारीका लागि गएका छन् । त्यता जान नसक्ने भारतका शहरहरू वा पन्जाब र कश्मिर पुगेका छन् । त्यति पनि जान नसक्ने काठमाडौँ गएर काम गर्छन । काठमाडौँ पनि जानका लागि उपाय गर्न नसक्ने प्रादेशिक शहर वा जिल्ला सदरमुकाम गएर भए पनि आफ्नो पारिवारिक आवश्यकता पुरा गरेका छन् ।

सरसर्ती हेर्दा जम्मा जम्मी मोटामोटी रूपमा बसाइँसराईको प्रकृति हेर्दा दशरएघार वटा मुख्य आर्थिक वर्ग बसाई सर्छन भन्न सकिन्छ ।
१) धनी विकसित मुलुक जस्तै अमेरिका, बेलायत, क्यानाडा, अष्ट्रेलिया, आदि देशमा बसाइ सर्ने,
२) विकसित मुलुक स्पेन, नेदरल्याण्ड, डेनमार्क, स्वित्जर्लेंड आदिमा वसाई जाने,
३) तीव्र गतिमा विकास भइरहेका मुलुक जस्तै कोरिया, इजरायल, जापान आदि देशमा बसाइ जाने,
४) अरबियन खाडी मुलुक र मलेसिया जाने केही वर्ष दुख गरि खाने विरामी परे वा जिन्दगी धरापमा परे छिटो फर्कने सके जति बस्ने नसके पछि फर्कने,
५) भारतका ठुला शहर जस्तै मुम्बई, दिल्ली, बेङ्गलोर, आदिमा जाने,
६) भारतको विभिन्न पन्जाब लगायतका ठाउँमा गएर कृषि लगायतका राज्यमा काम गर्न अस्थाई बसाई जाने,
७) रोजगारीको लागि अस्थाई वा स्थाई रूपमा काठमाडौं बसाई जाने,
८) रोजगारीको लागि अस्थाई वा स्थाई रूपमा प्रदेश राजधानी वसाई जाने
९) जिल्ला सदरमुकाम गएर काम गर्नको लागि अस्थायी बसाई जाने,
१०) साना ठुला औद्योगिक क्षेत्र नजिक भएका शहरी क्षेत्रमा अस्थायी रूपमा जाने,
११) त्यति पनि जान नपाएका युवा मात्र गाउँमै मजदुरी गरेर जिविकोपार्जन गर्न बाध्य देखिन्छ ।

यसरी कति उच्च शिक्षा हासिल गर्न जाने छन् भने कति सहज जीवनयापन गर्ने कामको खोजीमा नेपालको धन सम्पत्ति नै सकेर भए पनि विदेश जानेको लर्को दिनानुदिन त्रिभुवन विमानस्थलमा देख्न सकिन्छ । उद्देश्य फरक होला तर नेपालको अव्यवस्थाको सामना गर्न कठिन भएकोले पनि युवाहरू पलायन हुने तिब्रता बढेको देखिन्छ । यसरी झन्डै दस आर्थिक वर्ग मानिस बसाइँसराई जाने युवा छन् । त्यसको प्रत्यक्ष प्रभाव ज्येष्ठ नागरिकमा परेको देखिन्छ । कुनै कुनै अपवाद बाहेक यस्ता बसाइँसराईले ज्येष्ठ नागरिकलाई मानसिक कुप्रभाव परेकै हुन्छ ।

कसैको लागि रहर भन्दा पनि बाध्यता छ । बाहिरतिर काममा नगए आफ्नो र परिवारको मुखमा माड लाग्दैन । कसैलाई अरुको देखासिकीले डोर्‍याएको छ । कसैलाई फेसबुकमा साथीभाइको राम्रा फोटा र स्टाटसले लोभ्याएको छ । घरका परिवार सदस्य वा गाउँले जोरीपारीले यस्तो गरिसके म भने केही गर्न नसक्ने भएँ भनेर कर बल छल गरेर जसरि पनि जाने पनि छन् ।

विदेश जाने वा बाहिर जानको लागि दुइ वटा मुख्य कुरा हो एउटा पुलिंग फ्याक्टर :
साथीभाइले विदेशमा गरेको प्रगति र आनन्द लिएको र मस्ती गरेको गफ अनि उन्निहरूले सामाजिक सञ्जालमा राख्ने गरेको फोटो आदिले लोभ्याउछन् भने अर्को पुशिंग फ्याक्टर :
फलानोको छोरोले त यस्तो गर्‍यो, त्यस्तो गर्‍यो अरुको बुढाले यति कमाए छोराछोरी लाइ यस्तो ठाउँमा पढाए भनेर मन कल्पाउने गरि दिनदिनै परिवार भित्र हुने गन्थन र छिमेकी आफ्ना भन्नेहरूले गर्ने व्यङ्ग्य वाण पनि । त्यसको फलस्वरूप अधिकांस युवा बाहिरिने क्रम बढ्दो छ ।

यसको कारण खोजेर घोत्लिँदा, कमाउको सरल रोजगारी नै नहुनु, भएको रोजगारी पनि आकर्षक नहुनु, आफु सँगैको साथीभाइ बाहिर विदेश तिर हुनु, देशमा बेथिति बढ्नु, नियम कानुन जसले बनाउँछ तिनैले जानून् भने जस्तो हुनु, नयाँ नयाँ आधुनिक उपकरण जस्तै स्मार्ट फोन, तेब्लेट, लगायतका अत्याधुनि उपकरण ले मानिस लोभ्याउनु आदि आदि कारण हुन् ।

अर्को तर्फ विदेश जानेले प्रयोग गर्ने आइफोन, आइ प्याड, वास्नादार अत्तर, महङ्गा लुगा कपडा विभिन्न उपकरण जसले व्यक्तिलाई बढी उपभोक्ता बनाउछ र उत्पादक बनाउँदैन जसले अझ बढी विदेशको क्रेज बढाउछ । हाम्रो मुद्रा बाहिरिने कुरा अझ बढाउँछ ।कारण जे जस्तो भएपनि युवा जमातको बसाइँसराई तीव्र रूपले बढ्दै गएको छ र तत्काल रोकिने जस्तो पनि देखिँदैन । देश विस्तारै युवाविहीन हुने हो कि भए पनि हरेक किसिमले कमजोर व्यक्तिहरूको बाहुल्यता हुने डर बढ्दै गएको छ र स्वदेशमा वस्ने पनि प्राय हीन भावनाले व्याप्त हुनु पनि हो ।

अर्कोतर्फ छोरा छोरी विदेश र पढ्न पठाउन सक्दा मख्ख पर्ने आमा बाबु, शुरुमा सबै छोरा छोरीको प्रगति देख्दा गर्व गर्छन आसपास छिमेकमा आफ्ना सन्तानको धाक लगाउँछन् । खेति र घर व्यवहारमै चलाइहाल्छु नि के फरक पर्छ र भन्दै दङ्गदास हुन्छन । जब उमेर बढ्दै जान्छ अनि रोगले गाँज्न थाल्छ अनि ओहो ! लौ अब कसरी जिउने होला भनेर पुर्पुरोमा हात राख्न थाल्छन् ।

छोरा छोरी सन्तान विदेश गएर पढ्छन जागिर खोज्छन नेपालमा नै बसेको एकदम असल चरित्र भएको केटा वा केटी बिहे गर्न रोज्छन् अनि सन्तान जन्मदै गर्दा बाउ आमाको जरुरि पर्छ । युवाहरू भन्छन् बाउ आमा आउछन केटाकेटी हुर्काउँन मद्दत गर्छन जान्छन । तर समय क्रममा उनीहरूको शरीरको सिथिलता बढ्न थाल्छ । अशक्त हुन्छन् अनि विदेश ओहोर दोहोर बन्द हुन्छ ।

कतिपय ज्येष्ठ नागरिकहरूको छोरा छोरी विदेशमा गए पछि पनि आफ्नो पेन्सन नपाइएला भन्ने डरले सन्तानसँग साथ जान सक्दैनन् । छोरा छोरीको पनि उनकै सन्तान प्रति जिम्मेवारी बढ्न थाल्छ । बाउ आमातर्फ ध्यान पुर्‍याउन कठिन हुन थाल्छ । अनि यता बाउ आमाको एक्लोपन मात्र हैन शारीरिक अशक्तता झन् बढ्छ । यस्तो अवस्थाले पारिवारिक समस्या झन् बढ्ने हुन्छ ।

मिल्ने सन्तानले केही समय बाबु आमालाई विदेशमा डुलाउँछन् र नेपाल पठाउन बाध्य हुन्छन । बाउआमा को शारीरिक मानसिक अवस्था कम्जोर हुदै जाने हुदा पछी विदेश गइ रहने कुरामा असहजता बढ्न थाल्छ । जसले उता सन्तान छटपटाउने यता बाबु आमा छटपटाउने ? यस्तो अवस्था दिनदिनै बढ्दो छ । यसमा दोस कसैको छैन तर सामाजिक जटिलता भने बढ्दो छ । दुईपटक अमेरिका गएर फर्कनु भएपछि हाम्रो आमा भन्ने गर्नु हुन्थ्यो विकास अमेरिकाको जस्तो र सामाजिक अवस्था नेपालको जस्तो भएको भए क्या मज्जा हुन्थ्यो हगी ? मलाई भन्ने गर्नु हुन्थ्यो । यसरी कसैले घर परिवार छिमेकी छोड्न सक्दैनन त्यसैले आफ्नै देश फर्कन्छन् । थोरै विदेश कै सुख सुविधामा खुशी हुन्छन र उतै पनि रमौन सक्छन् । रमाउन सक्नेको त कुरा फरक भयो तर जो उताको भौतिक सुविधा भन्दा पनि नेपालको सामाजिक वातावरणसँग रमाउँछन् । उनको निमित्त भने सन्तान बिनाको नेपाल निरस हुन्छ भने विदेशमा नेपाली संस्कार र समाज बिनाको भौतिक सुख सुविधा पनि फिक्का मात्र हैन वाक्क लाग्ने हुन्छ ।

यसबाट थुप्रै प्रश्न जन्मन्छन् । तर ती अहिलेसम्म अनुत्तरित नै छन् ? राज्यलाई यहाँसम्म पुगेर सोच्ने फुर्सद कहाँ पाउनु ? केवल सरकार बनाउने र भत्काउने खेल षड्यन्त्रमै सिमित भएका छन् । नेपालमा भएको सम्पत्ति परिचालन हुँदैन केवल त्यसै अलपत्र पर्छ । त्यस्तो सम्पत्ति कसले कसरि कहिले परिचालन गर्छन त्यो पनि अनुत्तरित नै छन् भन्नु अत्युक्ति नहोला । मेरो विचारमा यस्ता सवाल सोच्न ढिलो भएको हो कि जस्तो लाग्छ मलाइ त । गाउँका शहर तर्फ झर्छन् सानो घर बनाउछन् सक्नेले त्यतै श्रीमती छोराछोरी हुन्छन् गुजारा गर्दै उतैका वासिन्दा हुन्छन् । के यो ठिक छ ? कसले सोच्ने यस्ता सवालमा ?

अर्को तर्फ रेमिट्यान्सको कुराः
पुरानो सरकारले भन्दा मैले मेरो पालामा वा मेरो सरकारले रेमिट्यान्स धेरै भित्र्यायो भनेर मख्ख पर्छन हाम्रा देशका शासकहरू । जसले क्रमसः गाउँ नगर र शहर देशमा युवा बिहिन राज्य बनाउन मद्दत गरेको छ । पढ्न ठुला मुलुकमा जानेहरूले नेपालको धन थुप्रै बाहिर लैजान्छन् तर पढी सके पछी उतै राम्रो जागिर खान्छन् बस्छन् देशको लागि केहि उपलब्धि हुँदैन । कोरिया, जापान, चाइना, अरब, मलेसिया जस्ता ठाउँमा जानेले त बरू रेमिट्यान्स पनि तिर्छन् र बल सकिएपछि नै सही देशतर्फ फिर्छन् । हाम्रो मुलुकमा सुरक्षा, शान्ति, को बदला पिडा अशान्ति, भोक, रोग, शोक, अन्याय अत्याचार पक्षपात जस्ता कुरा सहज बढ्दै छ जसले युवा मात्र हैन बुढा पाका पनि निरस हुँदै छन् । फलतः दिनानुदिन सुरक्षित सहज जीवनयापनका स्थानको खोजीमा विकल्प खोज्नु मानवीय गुण नै हो सायद ।
पछाडी फर्केर हेर्‍यौँ भने या मानव इतिहास केलाएर हेर्दा पनि मानिस सुरक्षा र सहज जीवनयापनार्थ पर्सियन खाडीदेखि पुर्व पश्चिम उत्तर दक्षिण जताततै फैलेको छ । र अहिलेको विश्व जहाँ सूचनाको सहज पहुँचले गर्दा कुन थुन कस्तो हुँदैछ कुन ठाउँमा सुरक्षा र सहज जीवनयापनका सेवा सुविधा प्राप्त छन् सहजै थाहा पाइन्छ । फेरी यातायातको साधन पनि हिजो जस्तो महिनौँ लगाएर तिर्थ यात्रा गरे जस्तो नभई चाहँदा विश्वको एउटा कुना बाट अर्को कुनामा १२, १५ घन्टामा नै पुग्न सकिन्छ । लैनसिंह वाङ्देल दार्जिलिङबाट पेरिस पुग्न ६,७ दिन लगाएर यात्रा गरे जस्तो छैन । एउटा विश्वमा घटेको घटनाको सूचना २४ घण्टा भित्र संसार फैलिन सक्छ ।

अनि जनशक्तिको आवश्यकतालाई हुने खाने देश वा व्यक्ति महङ्गो तिरेर भए पनि जहाँबाट भए पनि आफ्नो आवश्यकता पूरा गर्न सक्दछन् अहिलेको विश्वमा । त्यसैको प्रतिफल हो नेपाली युवाहरू पनि संसारको जुन कुनै कुनो वा देशमा गएर काम गरिरहेका छन् । त्यो एक किसिमले हेर्दा राम्रो पनि होला सायद (?) समस्या त हाम्रो पूर्वीय संस्कार मा हुर्के बढेका तपाईं हामीलाई गाह्रो परेको मात्र हो । धन्न धनी र ठुला मुलुक, इजरायल स्विजरल्याण्ड सिंगापुर जापान जस्ता केही मुलूकमा सहज प्रवेश र अझै सहज नागरिक हुन पाउने प्रावधान छैन र सस्तो पनि छैन । नत्र पहिले जस्तो खुला हुन्थ्यो भने र सस्तो हुन्थ्यो भने स्थायी बसाइँसराईको गति अझ तीव्र हुन्थ्यो होला कि ?

यी सबै परिस्थितिको छलफल गरिरहनुको तात्पर्य के भने अहिलेका पूर्वीय संसारका ज्येष्ठ नागरिक अत्यन्त कष्टकर जीवन बाँच्न बाध्य हुँदै छन् र अझै यो क्रम केही समय चलिरहन्छ । यो किनभने धनी र विकसित देशमा सन्तानले घर छोडेर जाने, बच्चाबाहेक सबै उमेर समूहका मानिस आफूलाई जहाँ जसरि मन लग्यो त्यसरी बस्न सक्छन् उनीहरूलाई त्यो छुट कानुनतः प्राप्त छ र समाजले पनि सहज स्विकारी सकेको छ । त्यसैले पाकाहरूले आफ्नो रिटायर्ड जीवन कसरि बिताउने पहिलेनै आफ्नो योजना बनाइसक्छन । मानसिक रूपमा पनि तयार हुन्छन । सम्पत्ति सन्तानलाई स्वतः जाने भन्ने प्राबधान पनि छैन । जसलाई मन पर्यो त्यसै लाइ दिन सक्ने प्रावधान छ ।

अनि हाम्रो संस्कारले सन्तानसँगकै जीवन सहज र सुरक्षित हुने विश्वास छ र त्यो वास्तविकता पनि हो । किनभने सन्तानलाई नदुखेको अरु कसलाई दुख्छ ? आफ्ना बाबु आमालाई सन्तानको दुखमा नदुखेको अरु कसलाई दुख्छ ? तसर्थ केहि सम्झौता गरेर वा केहि कठिनाइ सहेर भए पनि सन्तानसँगै बस्नु सब भन्दा सहज उपाय हो । जसले गर्दा सन्तानका पनि सन्तान अथवा नाती नातिनीलाई सु संस्कृत बनाउने घर परिवारको सुरक्षा गर्ने जस्ता कुरामा ज्येष्ठ नागरिक अत्यन्त महत्वपूणर् छन् । त्यस्तै आफ्नो फुर्सदको समयमा नाती नातिनीलाई सहयोग गर्ने सन्तानको घर गृहस्थीको काममा सहयोग गर्ने र नाती नातिनीसँग रमाउने मौका पनि हजुर बा हजुर आमा लै ठुलो अवसर हुन्छ । रमाइलो मै समय कटाउन सजिलो हुन्छ । अर्को कुरा नयाँ नयाँ प्रविधि चलाउन सिक्न नाती नातिनीले मद्दत गर्न सक्छन् । तसर्थ पनि ज्येष्ठ नागरिक र आम परिवारको हितको लागि ५-६ जनाको परिवार साथ रहँदा नै राम्रो हुन्छ भन्ने मेरो निष्कर्ष हो ।

हाम्रो संस्कारमा पहिले छोराछोरी बाबु आमाहरूसँग आश्रित हुने र पछि बाबु आमा छोरा छोरीसँग आश्रित हुने हुन्थ्यो । उनीहरू मानसिक रूपमा पनि छोराछोरी बिनाको बुढ्यौली कल्पना पनि गरेका थिएनन् र छैनन् । अनि सन्तानको परिस्थिति पनि यस्तो भइदिन्छ कि चाहेर पनि सन्तान र नानिनातिनासँग असम्भव प्राय छ । न त सरकारी वा गैरसरकारी सेवा नै चुस्त दुरुस्त र विश्वसनीय छन् ।

सन्ततिको सहजताको लागि भनेर बाबु आमाले दुःख गरेर सम्पत्ति जम्मा गर्ने चलन अझ जारी छ । प्रयोग भने सकभर न्युन गर्ने पनि धेरै छन् । तर पछिल्लो अवस्थाको मध्यनजर गर्दा माता पिता ले दुःख गरेर कमाएको र कष्ट सहेर पनि सन्तानको सुखको लागि भनी साँचेको सम्पत्ति अब अलपत्र पर्ने हो कि भन्ने त्रास पर्न थालेको छ । विदेशमा बस्नेले बाबु आमाले छाडेर गएको सम्पत्ति सहजताको साथ विदेशनै लैजाने पनि त्यति सहज हुने देखिँदैन ।

यसरी विश्लेषण गर्दै जाँदा प्रश्नको थुप्रो अगाडि आउँछ :
१) सन्तान भए पनि नेपालमा नभएका वा नेपालमै भएर पनि बाबु आमाको वास्ता नगर्ने परिस्थितिमा सम्पत्ति भएर पनि उपयोग गर्न नसक्ने ज्येष्ट नागरिकहरूको लागि कसले कसरि पूर्ण सुरक्षाको साथ स्याहार सम्भार गर्ने ?

२) अहिलेको बातावरणमा जो रक्षक उही भक्षक भएका घटना थुप्रै देखिन्छ सुनिन्छ ? त्यस्ता ज्येष्ठ नागरिकहरूको कहाँ कसले कसरि सुरक्षित वातावरण सिर्जना गर्ने ?

३) ज्येष्ठ नागरिकहरूको जिउ ज्यान र सम्पत्तिको सुरक्षाको प्रत्याभूति गर्दै सदुपयोग गर्ने वातावरण कसले कसरी गर्ने ? उत्तर कसैसँग छैन ।

४) आजकाल दुर्गम गाउँमा रहेका तर आफ्नै सन्तान नजिक नभएका ज्येष्ट नागरिकहरूको अन्तेष्टि पनि सारै कष्टकर बन्दै गएको घटना थुप्रै सुन्न मा आइरहेका छन् । त्यस्तो परिस्थितिमा कसको भूमिका के हुनुपर्ने ?

५) लाश घरमै कुहिने सन्त्रासमा धेरै पाकाहरू भेटिन्छन । त्यस्तो नहुन के गर्ने ? कसले जिम्मेवारी लिने ?

६) बाबु आमाले उपयोग गरेर बाँकि रहेको सम्पत्ति के गर्ने कसले कसरि सुरक्षा र प्रयोग गर्ने केहि प्रष्ट छैन । न त यो परिस्थितिको सहज समाधान नै देखिन्छ ।

७) विदेशमा बस्ने सन्तान को बाबु आमा को सम्पत्ति सन्तान स्वदेशमा नआउने; आए पनि सम्पत्ति को बेचविखन गरि विदेश लाने प्रक्रिया सहज नभएकोले त्यतिकै पढी रहने सम्पत्तिको व्यवस्थापन कैले, कसले कसरि गर्ने ? त्यस्तो अवस्थामा राज्यको भूमिका के हुने ?

यस्ता अनुत्तरित प्रश्न अनगिन्ती छन् । यी प्रश्नहरूको उत्तर कसले दिने ? बेलैमा सोच्न र बुद्धि पुर्‍याएर नीति नियम बनाइ कार्यान्वयन गर्न सके बेस हुन्थ्यो ।

०००
काठमाडौं, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्यौली चिन्तन

बुढ्यौली चिन्तन

श्रीधर लामिछाने
बुढ्यौलीको सूचक र कर्म

बुढ्यौलीको सूचक र कर्म

श्रीधर लामिछाने
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x