सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तिम्रो र मेरो आस्था

तिमी सपथपत्रभित्र ‘ईश्वर’ राख्न खोज्छौ म जनगणनाभित्र ‘नास्तिक’ बुँदा खोज्छु ! तिमी धर्म रक्षार्थ रइस राजा छान्छौ म श्रम सम्मानार्थ दलित मुक्ति रोज्छु !! तिम्रो र मेरो व्यवहार नै उल्टो छ ।

Nepal Telecom ad

रोहित दहाल :

तिमी परब्रह्मलाई सृष्टिकर्ता मान्छौ
म पदार्थको गतिलाई सृष्टि ठान्छु !
तिमी पदार्थलाई चेतनाको उपज मान्छौ
म चेतनालाई पदार्थको उपज भन्छु !!
तिम्रो र मेरो दर्शन अलग छ ।

तिमी मधुकैटभको देह नै धर्ती ठान्छौ
म सूर्य र गुरुत्वाकर्षण कारक ठान्छु !
तिमी परमात्मालाई जगतकर्ता सोच्छौ
म मानवले परमात्मा जन्माएको बुज्छु !!
तिम्रो र मेरो सोचाईमा अन्तर छ ।

तिमी एकल धर्मभित्र नास्तिक मोचन गर्छौ
म धर्म निरपेक्षता भित्र सर्वसोच पार्छु !
चार्वाक, ब्रुनो, माक्र्सलाई तिमी दुष्ट देख्छौ
वेद, कुरान, वाइवलमा म तिम्रो हक देख्छु !!
तिम्रो र मेरो सहनशीलता भिन्न छ ।

तिमी सपथपत्रभित्र ‘ईश्वर’ राख्न खोज्छौ
म जनगणनाभित्र ‘नास्तिक’ बुँदा खोज्छु !
तिमी धर्म रक्षार्थ रइस राजा छान्छौ
म श्रम सम्मानार्थ दलित मुक्ति रोज्छु !!
तिम्रो र मेरो व्यवहार नै उल्टो छ ।

तिमी मुर्दालाई स्वर्ग तार्न, पादरी पण्डा ताक्छौ
म मृतकको मानमा, जीवनशील बाटो ताक्छु !
तिमी ईश्वर ठानी ढुङ्गामा माथा टेक्छौ
म निर्माण खातिर ढुङ्गामा पाउ टेक्छु !!
तिम्रो र मेरो आस्था नै फरक छ ।

०००
विराटनगर ३, मुनालपथ, मोरङ्
हाल चाँगुनारायण न.पा. २, दुवाकोट, भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने