साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रो र मेरो आस्था

तिमी सपथपत्रभित्र ‘ईश्वर’ राख्न खोज्छौ म जनगणनाभित्र ‘नास्तिक’ बुँदा खोज्छु ! तिमी धर्म रक्षार्थ रइस राजा छान्छौ म श्रम सम्मानार्थ दलित मुक्ति रोज्छु !! तिम्रो र मेरो व्यवहार नै उल्टो छ ।

Nepal Telecom ad

रोहित दहाल :

तिमी परब्रह्मलाई सृष्टिकर्ता मान्छौ
म पदार्थको गतिलाई सृष्टि ठान्छु !
तिमी पदार्थलाई चेतनाको उपज मान्छौ
म चेतनालाई पदार्थको उपज भन्छु !!
तिम्रो र मेरो दर्शन अलग छ ।

तिमी मधुकैटभको देह नै धर्ती ठान्छौ
म सूर्य र गुरुत्वाकर्षण कारक ठान्छु !
तिमी परमात्मालाई जगतकर्ता सोच्छौ
म मानवले परमात्मा जन्माएको बुज्छु !!
तिम्रो र मेरो सोचाईमा अन्तर छ ।

तिमी एकल धर्मभित्र नास्तिक मोचन गर्छौ
म धर्म निरपेक्षता भित्र सर्वसोच पार्छु !
चार्वाक, ब्रुनो, माक्र्सलाई तिमी दुष्ट देख्छौ
वेद, कुरान, वाइवलमा म तिम्रो हक देख्छु !!
तिम्रो र मेरो सहनशीलता भिन्न छ ।

तिमी सपथपत्रभित्र ‘ईश्वर’ राख्न खोज्छौ
म जनगणनाभित्र ‘नास्तिक’ बुँदा खोज्छु !
तिमी धर्म रक्षार्थ रइस राजा छान्छौ
म श्रम सम्मानार्थ दलित मुक्ति रोज्छु !!
तिम्रो र मेरो व्यवहार नै उल्टो छ ।

तिमी मुर्दालाई स्वर्ग तार्न, पादरी पण्डा ताक्छौ
म मृतकको मानमा, जीवनशील बाटो ताक्छु !
तिमी ईश्वर ठानी ढुङ्गामा माथा टेक्छौ
म निर्माण खातिर ढुङ्गामा पाउ टेक्छु !!
तिम्रो र मेरो आस्था नै फरक छ ।

०००
विराटनगर ३, मुनालपथ, मोरङ्
हाल चाँगुनारायण न.पा. २, दुवाकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x