साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुण्डाको बकपत्र

राजाका पालाँ तस्करी मुद्दा दरबारले सल्ट्याउने ! नेताका ऐले श्यामल पैसा हामीले पट्याउने !! बातले हैन लातले हामी निकाल्छौं सातपत्र ! संसदको चुनाव, पैसा र हुल्लड हाम्रो यो बकपत्र !!

Nepal Telecom ad

रोहित दहाल :

कानमा मुन्द्रा हातमा औंठी
बलियो छ छेपारी !
ढसमस्स बाटो छेकेर हिंड्छौं
झुक्दैनौं क्यै गरी !!

शिक्षक पिट्छौं, प्राध्यापक गोद्छौं
लाग्दैन उजुरी !
नेतागण हाम्रा झोलीका देउता
ढल्काउँछौं उदरी !!

कस्को छ आँट ? कस्को छ आँत ?
हामीलाई थर्काउने !
चुनावी चन्दा, मतपत्र कब्जा
हामीले हो गर्ने !!

देशका नाइके, राष्ट्रका पति
हाम्रा छन् दाहिना !
झ्यालखाना परे सँजाय माफी
हुँदैन हेलना !!

ठेक्का र पट्टा नेताका पैसा
हामीले चलाउने !
केही कालपछि चुनावी टिकट
हाम्ले नै पाउने !!

गुण्डाको नाइके चिनारी हाम्रो
संचार माध्यममा !
यो छवि राख्न हत्या र धम्की
गर्दछौं ट्याम ट्याममा !!

प्राज्ञिक व्यक्ति, इमान कर्मी
काम छैन देशमा !
चुनाव जित्ने हामी नै शक्ति
लुकेको भेषमा !!

पेशाले गुण्डा, टाउको मुन्डा
चौतर्फी हो–हल्ला !
अँध्यारो कोठा, साउती ओठ
दलसँग छ सल्ला !!

राजाका पालाँ तस्करी मुद्दा
दरबारले सल्ट्याउने !
नेताका ऐले श्यामल पैसा
हामीले पट्याउने !!

बातले हैन लातले हामी
निकाल्छौं सातपत्र !
संसदको चुनाव, पैसा र हुल्लड
हाम्रो यो बकपत्र !!

०००
विराटनगर ३, मुनालपथ, मोरङ्ग
हालः चाँगुनारायण २, दुवाकोट, भक्तपुर

कार्टुन : अनलाइन खबर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x