साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सतिसाल आस्था

अब त ऊ मेरै नाम बोकेर आयो आफ्नो संस्कारको थालीमा आफैले कर्मकाण्ड गरायो मेरो नाममा । आफैँले वैतरणी पूजा पढायो मेरो नामको गौदानमा । अर्को दिन हल्ला सुनेँ चक्षु मल्दै उठेर हेरेँ ऊ सडकमा चिच्याउँदै रहेछ

Nepal Telecom ad

रोहित दहाल :

ऊ मक्किएको शास्त्र बोकेर आयो
मेरो आस्था मार्न
आस्था थियो सतिसाल
ऊ पराजित भयो ।

ऊ धागोको त्यान्द्रा बोकेर आयो
मेरो शरीरमा पहिर्‍याउन
शरीर शुद्रको भस्त्राले ओतप्रोत थियो
मनुवादले ग्वाँ गर्‍यो ।

ऊ पुनः ताम्रपात्रमा पानी बोकेर आयो
मेरो देहलाई शुद्ध पार्न
देह दमिनी वस्त्रले बेरेको थियो
उसको आचमन खेर गयो ।

अब त ऊ मेरै नाम बोकेर आयो
आफ्नो संस्कारको थालीमा
आफैले कर्मकाण्ड गरायो
मेरो नाममा ।
आफैँले वैतरणी पूजा पढायो
मेरो नामको गौदानमा ।

अर्को दिन हल्ला सुनेँ
चक्षु मल्दै उठेर हेरेँ
ऊ सडकमा चिच्याउँदै रहेछ
सतिसाल आस्था त ढालेरै छोडेँ ।

०००
विराटनगर ३, मुनालपथ, मोरङ
हालः दुवाकोट २, मिलनटोल, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x