साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टिमुर्के च्यानलको ठोकदोहोरी

पत्नीपीडित पार्टीका अदछेको सचिवको चर्को स्वर सुनियो... अदछेजी राम ! राम !! यहाँ पार्टी फुट्न लागिसक्यो, तुरुन्त आइहाल्नोस् ! नत्र हामीले पनि रोक्नेवाला छैन ।” गोबरगनेस हस्याङ्फस्याङ गर्दै बाहिर निस्के । जबरस्वाँठजी पनि अघि नै टाप कसिसकेछन् ।

Nepal Telecom ad

भोजराज रेग्मी मुखाले :

नपत्याउने खोलाले पनि बगाउँछ, ताक परे लाटाले पनि बाठी केटी भगाउँछ भन्ने नेपाली आहानको जहान बढेर ग्यालेनको गल्ली हुँदै बालेनको नगरसम्मै पुगिसकेको छ । नेपाली राजनीतिमा छेपारे ब्रदरदेखि चेपारे सिस्टरसम्म र साहित्यमा चट्याङ मास्टरदेखि उटपट्याङ मिनिस्टरसम्मको हालिमुहाली भएको बेलाँ रिन गरेर चाडबाड मनाउने धनबहादुरजस्तो मपाइँ अर्थात् आफन्तले अन्याय गर्दा पनि मानमर्यादाको मोहला लाएरै बाँच्नु पर्ने मुखाले उपनामधारी निर्धा मोराले पनि तीनवीसे उमेराँ यत्रो च्यानलको उत्रो कार्जेक्रम चलाएर चर्चा बटुल्नु पनि चानचुने कुरो होइन नि ।

सुगापालक सौखिनको साख्खे साढु हुनुभन्दा जुँगापालक कृषकको जब्बरे ज्वाँइ हुनुमा नै जर्नेली मज्जा रहेछ । यस्तै मजाको धजा हल्लाउँदै फरियावादी विधानको दुई नम्बरी धारा अनुसार पाएको सर्वहारा नियुक्ती काखी च्यापेर अनेक जुक्तिबुद्धी लगाउँदै टीकेनेताको टपर्टुइँया टेलिभिजनको टिमुर्के च्यानलबाट लोकदोहोरीको नाति झोँकदोहोरीको झट्केलो ठोकदोहोरी चलाउँदै छु र यो कार्जेक्रम हेर्दै आएका आफ्नै घरवाली र बाहरवालीबाहेक सप्पैलाई सगोलमै सलाम गर्दछु ।

टपर्टुइयाँ टेलिभिजनको टिमुर्के च्यानलको यो सन्ध्याकालीन कार्जेक्रमबाट आज म यहाँहरूलाई ठोकदोहोरीको चर्तिकला देखाउँदैछु । कार्जेक्रम संचालक मपाइँको दाहिनेपटी छेपाराका भिनाजुहरू गजक्क परेका छन् भने अर्कोतिर भ्यागुताका भाउजूहरूको मसक्क मस्केको टिम छ । यसैगरी वाद्यवादनतर्फ मादलमा मुसुमुन्द्रे, दमाहामा दहीचिउरे, ट्याम्कामा टपर्टुइयाँ, सहनाईमा सनकलाल र झ्यालीमा झ्यामपुतली झकिझकाउ भएर बस्याछन् भने हार्मोनियममा हुस्सुराम हुतीहाराको पारा दर्शकदीर्घाकै कन्पारा तताउन कटिबद्ध देखिन्छ ।

यस कार्जेक्रमलाई शोभा बढाउन र विजेतालाई नगदविहीन सिँगारेखाम पुरस्कार थमाउन प्रमुख अतिथिको रूपमा पत्नीपीडित पार्टीका अदछे गोबरगनेस गोज्याङ्ग्रालाई बोलाइएकोमा पतिपीडित पार्टीकी सभापत्नी जयनारी जबरस्वाँठ पनि जबर्जस्ती गर्दै हात हालाहालको अवस्थामा मुन्टिनु भएकोले हाललाई पालैपालो प्रमुख अतिथीमा थच्याएर कार्जेक्रम फत्ते गर्ने सहमति भएको छ ।

यत्ती कुरा गरिसकेपछि ठोकदोहोरीका लोकन्ती बन्न लालायित चोरका खन्तीहरूको गोटागन्ती चिनारी नदिँदा ह्वाँहरू चिढिएर मलाई दोबाटोकुबाटोमा एक्लै पारेर तोरीको फूल नदेखाउलान् भन्ने फुल ग्यारेन्टी त गन्हाएको गोबर्मेण्टले पनि दिन सक्दैन ।

अँ त, ठोकदोहोरी गायक छेपाराका भिनाजुको आड लागेर माउसुली, भानेमुङ्ग्रो र कन्सुत्लाहरू रौसिएका छन् भने उतातिर भ्यागुताका भाउजूसँग लेपासिँदै कत्लेमाछा र चेपागाँडाहरू हौसिएका छन् ।

यत्तिको भलिभाँती भूमिका बाँध्दाबाँध्दै चिप्ले समयले नेटो काट्नै लागेकोले टिमुर्के च्यानलको ठोकदोहोरी हेर्न, सुन्न लालायितहरूको बैठक र तिघ्रो पनि निदाएर झम्म भइसक्यो होला नै । अब लागौँ ठोकदोहोरी तर्फ आजको दोहोरी तिम्लाई हाम्ले चन्चले चिनेको छैन र भन्ने छ । आईमाई फकाउनेमध्धेको एउटो सजिलो मन्त्र “लेडिज फस्ट” लाई यहाँ पनि जप्दै आजको ठोक दोहोरीको सिरिगनेस भ्यागुताका भाउजूले गर्दैछ ।

मुसुमुन्द्रेहरू मादल घन्काउँछन् । भ्यागुताका भाउजूहरू लय हाल्छन् ः
हे… तिम्लाई हाम्ले चन्चले चिनेको छैनर ?
विदेशीले खनखनी किनेको हैन र ?
मासुभातको भोट
तिमेर्लाई चैँ मोजमस्ती, हाम्लाई भने चोट् -२
छेपाराको भिनाजु :
हे… तिम्लाई पनि नकचरी चिनेको हैन र ?
विदेशीले फनफनी घुमाको छैन र ?
नारीवादको कोट् …
आयौ झल्काउँदै, हाम्लाई लायौ खोट !!
भ्याभा : हे… तिम्लाई डाम्ना नक्कले छेपाराका भिनाजु
ठीक पार्न लाइदिउँकी धामीझाँक्री – गुभाजु !
बुथक्याप्चरको भोट्
गल्ती गर्ने तिमेरू, हाम्लाई लाउने खोट !!
ठोकदोहोरीको आगो दन्किरहेको बेला फ्याट्ट बत्ती गयो । सोफासेट्मा एकै लहरमा बसेका पालोवाला प्रमुख अतिथीहरूमा खल्बली मच्चियो । आफ्नो प्रमूख आतिथ्यको पालो पर्खेका पत्नीपीडित पार्टीका अदछे गोबरगनेसले गलफत्ती गरे । प्रमुख अतिथी जयनारी जबरस्वाँठले आपत्ती जनाइन् ।

अँध्यारोमै कसैले मुख फोर्‍यो… “भौमानकी बिजुलीमैयाँ फेरि पटनातिर पोइल गैकी क्या हो ? इन्भर्टर मोराहरू पनि कता भौँतारिए कुन्नी !” हलभरि हाँसोको फोहोरा छुट्यो । एकछिनसम्मै कल्याङमल्याङ भो । कोलाहल भो । यसैबेला ड्यासमा कसैको आइफोनको घण्टी बज्यो । पत्नीपीडित पार्टीका अदछेको सचिवको चर्को स्वर सुनियो… अदछेजी राम ! राम !! यहाँ पार्टी फुट्न लागिसक्यो, तुरुन्त आइहाल्नोस् ! नत्र हामीले पनि रोक्नेवाला छैन ।” गोबरगनेस हस्याङ्फस्याङ गर्दै बाहिर निस्के । जबरस्वाँठजी पनि अघि नै टाप कसिसकेछन् ।
फ्याट्ट बत्ती आयो । हेर्छु त ठोकदोहोरीका नायकनायिकाहरू पनि कुलेलम ठोकिसकेछन् ।

०००
पेप्सीकोला, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
धन्य होस् भौमान् !

धन्य होस् भौमान् !

भोजराज रेग्मी ‘मुखाले’
जो आशलाग्दो उही जेठाजु

जो आशलाग्दो उही जेठाजु

भोजराज रेग्मी ‘मुखाले’
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x