साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच थप्पड

गैँडाको छालाभन्दा जब्बर मन भएका पाँच पुस्तालाई पुग्ने अकूत धन भएका दिनमा दुगुना, रातमा चौगुन्ना बढ्याबढै पो छन् है ! चेपारे जिब्रो र छेपारे वदन भएका ।

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

१. काठमाडाैं
आडम्बर र अहङ्कारको बजार हो – काठमाडौँ
कसैको नाठो र कसैको जार हो – काठमाडौँ
स्वर्ग – नर्क यहीँ नै मरिकुच्चे भोग्न पाइन्छ
नहुनेलाई भालुको कन्पट, हुनेलाई रेष्टुरेन्ट एण्ड बार हो काठमाडौँ ।

२. पिरिम
तोरी र कोदोको पनि दुर्लभ पिरिम हुन्छ
अलिबार , गुरुत्वाकर्षणले लटपट पिरिम हुन्छ
तर, न तेल चुहुन्छ न त पिठो नै झर्छ
फूमन्तर गरेझैँ हेर्दाहेर्दै दुवैमा खटपट पिरिम हुन्छ ।

३. पालाे
कहिले सासूको पालो, कहिले बुहारीको
कहिले लोकदोहोरी, कहिले ओठेजुहारीको
आफ्नो पालोमा नफुर्किनू , नबौलाउनू कोई पनि
आलोपालो त रिमोटबाटै चल्छ है उ: पारिको ।

४. सपेरा
नियालेर हेर्नू , कालो बादलमा चाँदीको घेरा हुन्छ
सुअवसरले खोज्दै आउने जीवनमा एकफेरा हुन्छ
सुमार्गमा निर्भय निरन्तर लागिरहने हो भने
सर्प देख्दै सातो जाने पनि एकदिन सपेरा हुन्छ।

५. चेपारे जिब्रो र छेपारे वदन
गैँडाको छालाभन्दा जब्बर मन भएका
पाँच पुस्तालाई पुग्ने अकूत धन भएका
दिनमा दुगुना, रातमा चौगुन्ना बढ्याबढै पो छन् है !
चेपारे जिब्रो र छेपारे वदन भएका ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x