साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुक्तमान नेपाली

एकजुवा घाम र हाम्रै गिदी फिर्ता मागेर मुटुकलेजोको ब्यानर बोकेर नारा उरालिरहेछौँ । तिमी भने कौशीमा खुट्टा हल्लाएर मुसुमुसु गर्दै ननभेज जोक सुनाइरहेछौ ।

Nepal Telecom ad

भोजराज रेग्मी मुखाले :

घामको मुख देख्न नपाएर
मेरा सपनाहरू अत्यन्त चिसिएका थिए
यही सन्तापले म साह्रै निराश थिएँ
तिमी मेराछेउ आयौ र मुस्कुरायौ
र, सुस्तरी भन्यौ :
मलाई आजको रात वास दिनोस्‌
म अर्को चोटि आउँदा घाम लिएर आउनेछु
विश्वासको अनिकाल थिएन मसँग
खुरूक्क पत्याएँ मैले
र, देब्रे छातीमा बर्को ओछ्याइदिएँ
तिमी त एकाप्रातैः
भोलि बास्ने मेरो एउटो भाले पनि टिपेर भागेछौ ।
अचेल देख्दैछु म
मलाई वाचा गरेको घाम आफूहरूले मात्रै तापेर
मेरे भालेको भुटनसँग
मेरे वैरीको कोसेली रक्सी पिउँदै
मिडियामा खितखित गरिरहेछौ ।

सबैको साझे हुनुपर्ने घाम
तिमीले झेल गरेर एकलौटी पारेपछि
मैले द्वादशीको जून हेरेरै चित्त बुझाउन थालेँ ।
तर,
न मैले चीसा भुकुल्लाहरू सुकाउन पाएँ
न रहरको बिस्कुन लगाउन पाएँ
जीजिविषाको ढिकेनूनसँग चोबेर
विवशताको खस्रो रोटी खाँदाखाँदै
मेरा गोडामा छाँद हालेर
एक्कासि रून आयौ तिमी
आमाकसम खाएर माफ माग्यौ
आँसुको मुहान सुकेर
रूनै छोडेको मलाई पनि धर्धरी रूवायौ
खसी, राँगा र सुँगुर काटेर
भालेको सट्टाभर्ना गर्‍यौ
जाँडरक्सीको खोलो बगाएर
निलो आँसुको समुद्र बिर्सायौ
त्यही खोलीमा पौडी खेल्दै मैले
तिम्रो जयजयकार गरेँ
मेरै बेहोसीको फाइदा उठाएर
मेरै काँधमा टेकेर तिमीले
मेरा गिदी सप्पै खोस्रेर लग्यौ
र मलाई भेडो बनायौ ।
म भेडो
र मजस्ता थुप्रै भेडाहरू
एकजुवा घाम र हाम्रै गिदी फिर्ता मागेर
मुटुकलेजोको ब्यानर बोकेर नारा उरालिरहेछौँ ।
तिमी भने कौशीमा खुट्टा हल्लाएर
मुसुमुसु गर्दै ननभेज जोक सुनाइरहेछौ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
गुनासो

गुनासो

हेमराज पन्त
सावधान ए निर्दयी समय !

सावधान ए निर्दयी समय...

अनिता काेइराला
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x