साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरकी वृद्धा

उनै हुन् झैँ पाले प्रतिपल उघार्ने समय हुन् न ता मान्छिन् अल्छी करुणमय झुल्को प्रहर हुन् । उसै तेजी बोली तनमन उपल्लो निडरता उठेका छन् भन्छिन् सकल जन ती वृद्ध घरका ।

Nepal Telecom ad

पदम दाहाल :

ढिलो गर्छौ उठ्नै किन यति अबेला तक पनि
सुतेका छौ जम्मै किरण रविका छल्दछु भनी
उठाइन् आमैले प्रिय निद निखारिन् नयनका
उठेका छन् भन्छिन् सकल जन ती वृद्ध घरका ।१।

सुधारौँ त्यो बानी किन अझ बिहानीभर सुती
अबेलाले गर्दा असहज हुने बन्धक जुनी
सधैँ भन्छिन् वृद्धा अतिशय सुते भो विफलता ।
उठे सारा भन्छिन् सकल जन ती वृद्ध घरका ।२।

कठै! वृद्धा धेरै तर पनि अझै चिन्तन कति!
दुखेजस्तै हुन्छिन् हतपत पुकार्छिन् घर बसी ।
सधैँ बाटो देख्छिन् समय उनकै देख्दछु कडा
उठेका छन् भन्छिन् सकल जन ती वृद्ध घरका ।३।

फुलेकी छिन् सेतै गुजमुज परेको नुर पनि
र हातैमा लौरी टुकुटुकु हिँडेकी अझ पनि।
जुरुक्कै उठ्छन् ती प्रतिदिन नखुल्दै रवि उता
उठेका छन् भन्छिन् सकल जन ती वृद्ध घरका ।४।

उनै हुन् झैँ पाले प्रतिपल उघार्ने समय हुन्
न ता मान्छिन् अल्छी करुणमय झुल्को प्रहर हुन् ।
उसै तेजी बोली तनमन उपल्लो निडरता
उठेका छन् भन्छिन् सकल जन ती वृद्ध घरका ।५।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x