साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्यालिफोर्नियामा भानुभक्तको शालिक स्थापना हुने

आगामी वर्षको भानु जयन्ती लक्षित गर्दै सुरु गरिएको यस परियोजनालाई नेपाली भाषा–साहित्यको अन्तर्राष्ट्रिय पहिचान मजबुत पार्ने ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

Nepal Telecom ad

क्यालिफोर्निया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) उत्तरी क्यालिफोर्निया च्याप्टरले सान फ्रान्सिस्को बे–एरियामा आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गर्ने अभियान थालनी गरेको छ। आगामी वर्षको भानु जयन्ती लक्षित गर्दै सुरु गरिएको यस परियोजनालाई नेपाली भाषा–साहित्यको अन्तर्राष्ट्रिय पहिचान मजबुत पार्ने ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

संस्थाले शालिक निर्माणका लागि विश्वभरका साहित्यप्रेमी नेपालीहरूबाट आर्थिक सहयोगको अपेक्षा गरेको जनाएको छ। “नेपाली भाषाको गौरव, हाम्रो सांस्कृतिक पहिचान र डायस्पोरामा साहित्यिक जागरणलाई संस्थागत गर्ने यसको ठूलो भूमिका रहनेछ,” संस्थाका अध्यक्ष बाबु आचार्यले भन्नुभयाे ।

नेपाल बाहिर भानुभक्तका केही शालिक भारतका दार्जिलिङ, सिलिगुरी, सिक्किम र कृष्णनगरमा रहेका छन्। तर पश्चिमी मुलुकमा निर्माण हुन लागेको यो पहिलो भानुभक्त शालिक भए पनि प्रबासी नेपाली समुदायका लागि गौरवको विषय बन्ने विश्वास लिइएको छ।

सहयोग गर्न इच्छुकहरूले 415–794–0154 मा सम्पर्क गरी रकम पठाउन सक्नुहुनेछ । साथै अनेसासले उपलब्ध गराएको अनलाइन लिंकमार्फत पनि सहयोग गर्न सकिने जनाएको छ। वेबसाइटमार्फत डोनेसन गर्दा ‘कमीशन’ कक्षमा शून्य राख्न सकिने संस्थाले जानकारी दिएको छ।

अनेसास उत्तरी क्यालिफोर्नियाले भानुभक्तको साहित्यिक योगदानलाई विश्वस्तरमा उजागर गर्ने उद्देश्यसहित यो अभियानलाई अत्यन्त प्राथमिकताका साथ अघि बढाएको छ।

०००
नारायण भट्टराइकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x