साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सूसाप्रद्वारा स्मारिका विमोचन तथा रचनावाचन कार्यक्रम

संस्थाका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता, मरब क्याम्पस इलामका सेवानिवृत्त उप-प्राध्यापक केशबहादुर राईको प्रमुख आतिथ्य रहेकाे थियाे ।

Nepal Telecom ad

फिक्कल, इलाम । सूर्योदय सामाजिक प्रतिष्ठान ( सूसाप्र), सूनपा -१०, फिक्कल इलामद्वारा स्मामारिका एवम् साहित्यिक सँगालो नामक पुस्तकको विमोचन भयो । पुस्तक विमोचनको सन्दर्भमा केही रचनावाचन, मन्तव्य र स्मारिका प्रकाशनार्थ उच्च आर्थिक सहयोग गर्ने दाताहरूलाई मायाको चिनो हस्तान्तरण गरी प्रोत्साहनसमेत गरिएको थियो ।

संस्थाका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता, मरब क्याम्पस इलामका सेवानिवृत्त उप-प्राध्यापक केशबहादुर राईको प्रमुख आतिथ्य , सूनपाका कार्यबाहक नगरप्रमुख दुर्गाकुमार बरालको विशेष आतिथ्य , केदारनाथ अर्याल, शिव अधिकारी , सूर्य सापकोटालगायतका अतिथिहरूको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । मञ्चासिन अतिथिवर्गमा संस्थाका कोषाध्यक्ष गायत्रादेवी ओली घिमिरेद्वारा ब्याज तथा खादार्पणपश्चात् राष्ट्रगान तथा नगरगान गाएर देश र नगरलाई सम्झने काम भयो । त्यसपछि प्रमुख अतिथिलगायतबाट पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

आफ्ना सिर्जनासहित संस्थालाई शुभकामना व्यक्त गर्नुहुने स्रष्टाहरूमा केवराज पौड्याल, अर्जुन वेदना राई , संविद ढकाल (बालगीत प्रस्तुत गरेर ), सुर्यभक्त सापकोटा, सुभाष राई ( मन्तव्य ), चन्दनकिशोर लिम्बू (नमरायण गोपालको आवाजको पुराना गीत लुकूँ लुकूँ लाग्यो मलाई….. गाएर ), निर्मला कट्टेल, धनकुमार मोक्तान, दीपक शर्मा अधिकारी, डिल्लीप्रसाद सुवेदी, केदारनाथ अर्याल, विक्रम सुन्दास, लीलानाथ भट्टराई, शिवप्रसाद अधिकारी “इलामे जेठो” (मन्तव्य )आदि रहेका थिए ।

कार्यबाहक नगरप्रमुख दुर्गाकुमार बरालले स्मारिका प्रकाशन गरेकामा संस्थालाई हार्दिक शुभकामना व्यक्त गर्दै यस्ता सामाजिक संस्थालाई आगामी दिनमा उद्देश्यअनुरूको प्रोपोजल पेस गरी आएमा उच्च मूल्याङ्कन गर्दै आर्थिक सहयोग गर्ने गुलिया वचनबद्धताको दावी गर्नुभयो भने देवीप्रसाद गौतम , सूर्य सापकोटा, दीपक शर्मा अधिकारीलगायतले संस्थालाई स्थानीय नगरपालिकाको तर्फबाट कुनै सहयोग पनि नगरेको वा वेवास्ता गरिएको र सम्बन्धित शीर्षकमा छुट्टिएको बजेटसम्म प्रकृयागत रूपमा पनि उपलब्ध नगराएको वा गर्नै नचाहेको तीतो यथार्थ प्रस्तुत गर्नुभयो ।

त्यसैगरी स्मारिका प्रकाशन समितिअन्तर्गत सम्पादक मन्डल समूहको तर्फबाट भाषा सम्पादक नुरज भट्टराई ” नदी” ले नेपाली भाषाको वर्णविन्यासगत त्रुटिहरू दुविधाजनक भएकाले सही निर्णय गरी मानक रूपको वर्णविन्यास प्रयोग गर्नुपर्ने भएकाले धेरै चुनौतीहरूको सामना गर्नुपरेको अनुभव प्रस्तुत गर्नुभयो र सकभर आफ्ना प्रयास पूर्ण भएको पनि जानकारी गराउनुभयो ।

त्यसैगरी प्रमुख अतिथिले एउटा सामान्य संस्थाले कुनै विनियोजित रोजगारविहीन परिस्थितिमा पनि व्यक्तिगत खर्चमा अहोरात्र खटेर समाजका चौतर्फी पाटामा उभिएका विधागत क्षेत्र साहित्य, सङ्गीत,सिप, कला र समाजको उन्नति प्रगतिका लागि मरिमेट्नु चानचुने कर्म नभएको यथार्थ प्रस्तुत गर्दै संस्थालाई शुभकामना दिनुभयो ।

अन्त्यमा निम्न अतिथिहरूलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो जसमा केदारनाथ अर्याल, सुशीला पौडेल, निर्मला कट्टेल अग्रवाल, विष्णुकुमार शर्मा निरौला, देवीप्रसाद गौतम, भक्तबहादुर पौडेल, पदमबहादुर गिरी, भूपेन्द्र अर्याल, सीता प्रधान, चित्रप्रसाद भट्टराई, तारानाथ भट्टराई ,धनकुमार मोक्तान, लेखनाथ भट्टराई अर्जुन निरौला , डिल्लीप्रसाद सुवेदी र गायत्रादेवी ओली घिमिरे रहेका थिए ।

“सूर्योदय सामाजिक प्रतिष्ठान स्मारिका एवम् साहित्यिक सँगालो” पुस्तकको नाम रहे पनि यसभित्र साहित्यिक एवम् गैरसाहित्यिक रचनाहरू समावेश गरिएका छन् । साहित्य, सङ्गीत, कला-संस्कृति, धर्म-दर्शन आदि बहुआयामिक विषयवस्तुहरूको उजागर गर्ने उद्देश्यले स्थापित संस्थाको दसौँ वर्षको अवधिमा संस्थाले यस किसिमको स्मारिका प्रकाशन गर्न सफल भएको हो । हाल यो संस्थाको प्रथम पटकको प्रयास सूर्योदय नगरपालिकाभित्रका मठमन्दिर , कलासिप, भाषालिपि, जातजातिका सांस्कृतिक पहिचान तथा सङ्गीत र साहित्यको केन्द्रीयतामा यस नगरपालिकाको पर्यटकीय क्षेत्रको सन्दर्भ भने बढी नै समावेश गरिएको छ ।

सूर्योदय सामाजिक प्रतिष्ठानको आयोजनामा महिला सृजना तथा बहुउद्देयीय सहकारी संस्थाको सभाहल प्रयोग गरी सम्पन्न कार्यक्रममा, संस्थाका अध्यक्ष देवीप्रसाद गौतमद्वारा कार्यक्रम आयोजना गर्नुको उद्देश्य र आौचित्यमाथि प्रकाश, संस्थाको सदस्य बालकुमार फागोको स्वागत मन्तव्य र संस्थाका उपाध्यक्ष कुलप्रसाद ढकाल (वर्तमान सचिव प्रेमप्रसाद भट्टराई अस्वस्थ भएका कारण) को सहजीकरण रहेको थियो ।

०००
नुरज भट्टराईकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x