साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहरिया काकी

आफैँभित्र म खोज्छु आत्मपन यो भेटौं कहाँ के गरी । हात्ती, बाघ, बदेल, नागरिक यी बेचे घुमन्ते चरी ॥ अत्याचार बढी चुली शिखरमा रोकेर रोकिन्छ र । कोरो कागजमा विकास पुरिँदा के भाव पोखिन्छ र ॥

Nepal Telecom ad

हेमराज पन्त :

तिम्रो देख्छु निधारमा चमकता तृष्णा हलक्कै बढी ।
टीका माथ कलंकको गजबको शृङ्गार नौलो जडी ॥
एक्लै बोल्दछ माहिलो किन सधैँ सुन्ने यहाँ को छ र ।
सुख्खा याम बजेट पात हरिया खोजेर आफै चर ॥

ढुङ्गा पेल्छु भनी पसे शहरमा मिल्थ्यो कहाँ तेल यो ।
हाँसोको परिहास जीवन भयो के जिन्दगी खेल हो ॥
साह्रै सुन्दर वा सुशील नरको वाचा हजारौँ सरे ।
कस्तो दृश्य अचम्म गोचर भयो आश्चर्य आफैँ परे ॥

कालेको जयकारमा दिन बिते चम्चे चिने आखिर ।
हात्ती सर्छ हिमालका विकटमा डाँफे तराई झर ॥
फेवाताल बनी बगे नयन यी छाती चिरी चर्चरी ।
रारा रुन्छ बसी समीप अपिको वर्षा बनी धर्धरी ॥

भाषामा छ मिठास भाव नमिठो आचार दुर्गन्ध यो ।
खोजी खान्छ जुठो सबै बगरको दुर्गन्धमा गन्ध हो ॥
रोई शैल,हिमाल हैम चुचुरा छाया बनी ती लुके ।
पापी देख्छु जताततै मुलुकमा सोझा छलैमा झुके ॥

आफैँभित्र म खोज्छु आत्मपन यो भेटौं कहाँ के गरी ।
हात्ती, बाघ, बदेल, नागरिक यी बेचे घुमन्ते चरी ॥
अत्याचार बढी चुली शिखरमा रोकेर रोकिन्छ र ।
कोरो कागजमा विकास पुरिँदा के भाव पोखिन्छ र ॥

कालीको जलमा बगे रहर यी कोशी दुखे सुन्छ को ।
कालो मेघ घुमीघुमी कहरको सम्झी यहाँ रुन्छ को ॥
जस्तो देख्छु कथा हिजो मुलुकको उस्तै व्यथा आज छ ।
कुर्सीवाल बसे लुटी मुलुक यो हेर्दा बडो लाज छ ॥

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x